संसदीय दलको नेता कोइराला

अन‌ि यो पनि

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेतामा पार्टी सभापति सुशील कोइराला चुनिनुभएको छ ।
सभापति कोइरालाले कुल १०५ प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी वरिष्ठ नेता शेरबहादुर देउवाले ८९ मत पाउनुभएको थियो । सभापति कोइराला र नेता देउवाको मतअन्तर १६ रहेको निर्वाचन समितिका संयोजक र पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो ।
संसदीय दलका नेता चुनिनु भएपछि नेता कोइरालाले लोकतान्त्रिक पद्धतिबाट मतदान सम्पन्न भएको प्रतिक्रिया दिँदै पार्टीलाई आपूmले एकता, सहमति र सहकार्यको प्रक्रियाबाट एकढिक्का बनाएर लैजाने बताउनुभयो । आइतबार बिहान ८ः३० बजे विद्युतीय मेसिनबाट मतदान प्रक्रिया सुरु भए पनि सो मेसिनमा खराबी आएर दुई घण्टा मतदानको प्रक्रिया ढिलो हुन पुगेको थियो । मतदान १०ः३० बजे सुरु भएको थियो ।
काँग्रेसको प्रत्यक्ष र समानुपातिक सबै अर्थात् १९४ सभासद्ले संसदीय दलको चुनावमा भाग लिएका थिए ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया