हेटौँडा । संयुक्त बजार अनुगमन टोलीले आइतबार हेटौँडामा रहेको अनमोल स्विट्स होटलमा शील गरेको छ । पटकपटक अनुगमन गर्दा पनि होटलमा फोहोर र कुहिएका खानेकुरा भेटिएको भन्दै अनुगमन टोलीले होटलमा शील गरेको हो ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद भण्डारीले उक्त पसलको मिठाई तथा खानेकुरा फोहोर भएको र भान्छाकोठा, भाँडालगायत सम्पूर्ण स्थानमा रहेको फोहोरका कारण उपभोक्ताको स्वास्थ्यमा असर पर्ने भएकाले शील मारिएको बताउनुभयो । उहाँका अनुसार उक्त होटलमा शौचालय र भाँडा सफा गर्ने स्थानसमेत एउटै रहेको छ ।
संयुक्त अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय मकवानपुर, प्रहरी, घरेलु तथा साना उद्योगका प्रमुख, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि तथा पत्रकारलगायतको सहभागिता रहेको थियो ।
Discussion about this post