ADVERTISEMENT
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

व्यवस्थापिका संसद्को अधिवेशन सुरू

by चितवन पोष्ट
२०७० माघ १३, सोमबार ०३:३० गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । व्यवस्थापिका–संसद्को अधिवेशन आइतबारदेखि प्रारम्भ भएको छ । नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५१ बमोजिम  राष्ट्रपति डा रामवरण यादवबाट आह्वान भएबमोजिम उक्त अधिवेशन प्रारम्भ भएको हो ।  संसद्का ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले अधिवेशनको प्रारम्भ गर्दै राष्ट्रपतिले व्यवस्थापिका–संसद्लाई पठाउनु भएको पत्र पढेर सुनाउनुभयो ।
बैठकलाई सम्बोधन गर्दै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले अहिलेसम्मका क्रान्ति र आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने नेपाली जनताको चाहनालाई साकार पार्नु नै अहिलेको प्रमुख राष्ट्रिय दायित्व भएको बताउनुभयो ।
उहाँले राजनीतिक दलको सुझबुझ र बुद्धिमत्तापूर्ण समझदारीबाट संविधान निर्माण र राज्य व्यवस्था सञ्चालनका क्षेत्रमा देखिएको राजनीतिक र संवैधानिक अन्योलको स्थितिलाई हटाउँदै नेपाली जनताको ताजा अभिमतबाट पुनः संविधानसभाको गठन गर्न सकिएकामा सन्तोष व्यक्त गर्नुभयो ।
‘यही माघ ८ गते सम्मानित संविधानसभाको पहिलो बैठक बसी संविधान निर्माणको प्रक्रिया प्रारम्भ भएको घटनाले अहिले देशवासीमा नयाँ आशाको सञ्चार गराएको छ, यसबाट अधुरो रहेको संविधान निर्माणको कार्यलाई पूर्णता प्रदान गर्ने र जननिर्वाचित सरकारको गठन गर्ने लगायत सबै राजनीतिक र संवैधानिक प्रक्रियाको ढोका खुलेको छ,’ उहाँले भन्नुभयो ।
सभासद्को कार्यकालको पूर्ण सफलताको कामना गर्दै उहाँले जवाफदेहिता अभिवृद्धि गर्ने जनप्रतिनिधियुक्त सम्मानित संस्थाको क्रियाशीलताबाट विगतमा यसको अभावमा महसुस गरिएको रिक्तताको स्वतः अन्त्य भई संवैधानिक प्रक्रियाको थालनी भएकामा हर्ष प्रकट गर्नुभयो ।
संवैधानिक अन्योलको विशिष्ट परिस्थितिमा मूलतः संविधानसभाको निर्वाचन प्रयोजनका लागि गठन भएको वर्तमान मन्त्रिपरिषद्लाई तोकिएको संवैधानिक जिम्मेवारी पूरा गर्दैै संविधानसभाको निर्वाचन सम्पन्न गर्नमा विभिन्न राजनीतिक दल र संविधानसभामा निर्वाचित सदस्यबाट प्राप्त सहयोगप्रति पनि अध्यक्ष रेग्मीले कृतज्ञता  ज्ञापन गर्नुभयो ।
व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका ३० दलका प्रमुख नेताले बैठकलाई सम्बोधन गर्ने क्रम जारी छ । बैठकको कार्यसूचीअनुसार आजै संविधानसभा (व्यवस्थापिका–संसद्को कार्यसञ्चालन) नियमावली, २०६५ बमोजिम बैठक एवम् कार्यसञ्चालन प्रस्ताव प्रस्तुत हुनेछ । त्यसैगरी मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ बमोजिम राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश सदनसमक्ष पेस गर्ने कार्यक्रम छ । रासस

Related Posts

खैरहनी उवासंघमा चुनावी रौनक

खैरहनी उवासंघमा चुनावी रौनक

सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

ग्रामीण यातायातमा सञ्चालक समिति चयन

ग्रामीण यातायातमा सञ्चालक समिति चयन

Discussion about this post

अन‌ि यो पनि

आमा प्रथम गुरू हुन्, काख हो पाठशाला
विचार

आमा प्रथम गुरू हुन्, काख हो पाठशाला

जो माता देखिँदैनन् ती भगवान् हुन्, जो संसार देखाइदिन्छिन् ती आमा हुन् । यस धर्तीमा आमा भन्ने शब्द मानवदेखि जीवजन्तुसम्म...

Read more
Chitwan Post

शहीद सप्ताहको सन्दर्भ

Chitwan Post

आठ स्थानीय तहमा अपाङ्गता सर्वेक्षण

माडीमा एक दर्जन पुल निर्माणको काम अलपत्र

३५० रोपनीको अफिम नष्ट

Chitwan Post

सप्तरंगी महिला समाजको अधिवेशन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In