भरतपुर । चितवन प्रहरीले शनिबार बिहान भरतपुर नगरपालिकामा सञ्चालित भएका विभिन्न पाउरोटी कारखानामा छापा मारेको छ ।
पाउरोटी कारखानामा बालबालिकाको प्रयोग भएको सूचनाको आधारमा छापा मारिएको चितवनका प्रहरी प्रवक्ता सञ्जय राउतले जानकारी दिनुभयो । उद्धार गरिएका बालबालिकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी नायब उपरीक्षक राउतले बताउनुभयो ।
कारखानाका सञ्चालक नभएकाले उनीहरूलाई पक्राउ गर्न नसकिएको उहाँले बताउनुभयो । चितवनका अधिकाम्श पाउरोटी कारखानामा बालबालिकाको प्रयोग हुने गरेको छ । अघिल्लो पटक पाउरोटी कारखानामा गरिएको अनुगमनमा समेत बालबालिकाको व्यापक प्रयोग भएको पाइएको थियो ।
Discussion about this post