ADVERTISEMENT
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

पोलियो थोपा खुवाउन सुरू

by चितवन पोष्ट
२०७० माघ १२, आईतवार ०३:१५ गते
in समाज
0
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । चितवनमा पाँच वर्षमुनिका ६७ हजार १८४ जना बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्यअनुसार कार्यक्रम सुुरू भएको छ ।
पोलियो थोपा खुवाउने कामलाई व्यवस्थित गर्न जिल्ला जनस्वास्थ्य कार्यालयले प्रत्येक गाविसमा नौदेखि १५ वटासम्म र कुल ५३० केन्द्र तोकेर पोलियो थोपा खुवाउन सुुरू गरेको हो । शनिबार छुटेकालाई आज आइतबार घरघरमै पुगेर पोलियो थोपा खुवाइने छ । यसअघि पुसको ६ र ७ गते पनि यहाँ पोलियो थोपा खुवाउने अभियान सञ्चालन गरिएको थियो ।
बिहानदेखि सुरू गरिएको कार्यक्रमका लागि एक हजार ६० जना स्वयम्सेवक परिचालन गरिएको जनस्वास्थ्य कार्यालय चितवनका खोप सुपरीवेक्षक गंगाधर पण्डितले जानकारी दिनुभयो । पोलियो थोपा खानबाट बालबालिका नछुटून् भनेर एक साताअघिदेखि नै तयारी थालेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
पोलियो रोगका दृष्टिले चितवन उच्च जोखिममा रहेको छ । भारतसँग सीमा जोडिएको र बसाइँसराइँ उच्च हुने गरेकाले चितवन पोलियो रोगको उच्च जोखिममा पर्दछ ।
नेपालमा सन् २०१० देखि पोलियोका रोगी देखा परेका छैनन् । पोलियो उन्मूलन गर्ने उद्देश्यले सरकारले देशैभरि यो अभियान जारी राखेको छ । जन्मेदेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई पोलियो थोपा खुवाउने अभियानको उद्देश्य रहेको छ । कार्यक्रमअन्तर्गत नेपालमा पाँच वर्षमुनिका ४२ लाख २६ हजार ९९६ बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ ।
चितवनमा एक वर्षमुनिका ११ हजार ५५ र एक वर्षदेखि पाँच वर्षसम्मका ५६ हजार १२९ बालबालिकालाई थोपा खुवाइने चितवनका जनस्वास्थ्य प्रमुख केहरसिंह गोदारले बताउनुभयो । उहाँका अनुसार चितवनको भरतपुरमा एक वर्षमुनिका दुई हजार ७८७ र एकदेखि पाँच वर्षका १५ हजार ३२३ बालबालिकालाई थोपा खुवाइने लक्ष्य छ ।
यस्तै रत्ननगर नगरपालिकामा एक वर्षमुनिका ८७० र एक वर्षदेखि पाँच वर्षसम्मका चार हजार २६६ जना बालबालिकालाई थोपा खुवाइने छ ।

Related Posts

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

Chitwan Post

छतबाट खसेर वृद्धाको मृत्यु

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

Discussion about this post

अन‌ि यो पनि

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
राजनीति

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही...

Read more
सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In