नारायणगढ । नारायणगढमा जारी रेडबलु जिल्ला लिग फुटबल प्रतियोगिता–२०७० को उपाधिका लागि एभरेष्ट क्लब बसेनी र नारायणगढ फुटबल क्लब भिड्ने भएका छन् । उपाधिका लागि माघ १३ गते भिडन्त हुने चितवन जिल्ला फुटबल संघले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो सेमिफाइनल खेलमा विजयी हुँदै एभरेष्ट क्लब बसेनी फाइनलमा प्रवेश गरेको छ । निकै प्रतिष्पर्धात्मक खेलमा उपाधिका दाबेदार भरतपुर फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एभरेष्ट क्लबले फाइनल यात्रा तय गरेको हो ।
खेलको पहिलो हाफको १७ औं मिनेटमा पाएको फ्रिकिकलाई गोपाल गुरूङले गोलमा परिणत गर्दै टिमलाई विजयी दिलाए । भरतपुर फुटबल क्लबले पहिलो हाफमा पाएको थुप्रै मौका गोलमा परिणत हुन सकेन । दोस्रो हाफमा पनि दुवै टिमले गोलको सुनौलो मौकाहरु गुमाए । दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसकेपछि गोपालको गोल नै निर्णायक बन्न पुग्यो ।
दोस्रो सेमिफाइनल खेलमा गीतानगर फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै नारायणगढ फुटबल क्लब एभरेष्ट क्लबसँगको भिडन्त पक्का गरेको हो । खेलको सुरूवाती ३ मिनेटमा गोल गर्दै पूर्ण रानामगरले नारायणगढलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५६ औं मिनेटमा सुमन श्रेष्ठले गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारे । निकै दबाबमा रहेको गीतानगर फुटबल क्लबका लागि ७० औं मिनेटमा पदम गुरूङले गोल गर्दै खेललाई बराबरी गर्ने अवस्थामा पु¥याएका थिए । तर निर्धारित समयसम्ममा गीतानगरले गोल थप्न नसकेपछि खेल नारायणगढले आफ्नो पक्षमा पा¥यो । प्रतियोगिताको विजयी टिमले क्षेत्रीय प्रतियोगिता खेल्न पाउने संघका सचिव नारायण ढकालले जानकारी दिनुभयो ।
Discussion about this post