रत्ननगर । रत्ननगर–२ मा रहेको महारूद्र शिवालय मन्दिरमा जारी श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञमा शनिबार २ लाख ६८ हजार नगद संकलन भएको छ । भौतिक पूर्वाधार निर्माण गर्न आयोजना गरिएको महायज्ञमा शनिबार सबैभन्दा बढी रत्ननगर २ का
स्थानीय प्रेमनाथ दुवाडीले ७५ हजार १११ रूपैयाँ सहयोग गर्नु भएको छ ।
त्यस्तै रत्ननगर २ का गिरीधारी घिमिरे, दुर्गादेवी घिमिरे र मुरारी घिमिरेले ५५ हजार ५५५ ,रनपा १ का तुलसीप्रसाद मकाजु र शान्तिदेवी मकाजुले ३१ हजार ५०५, रनपा २ का रामबहादुर पाठकले २० हजार एक, रनपा २ का किरनका रञ्जितले एक हजार ५१, बछौली ३ का ढुण्डीराज सिलवाल र मैयादेवी सिलवालले १० हजार १५१, रनपा ६ का जनकराज पाण्डेले ५ हजार ५, रनपा २ का कमलनारायण श्रेष्ठले एक हजार १०५, रनपा २ का धनकुमारी मल्लले १ हजार १०, रनपा १२ का भवप्रसाद दुवाडीले एक हजार ५५ सहयोग गर्नु भएको प्रचार प्रसार तथा मिडिया उपसमिति संयोजक रामहरि लम्सालले जानकारी दिनुभयो ।
पण्डित रामकृष्ण उपाध्याय प्रमुख वाचक रहनु भएको महायज्ञ यही माघ १७ गतेसम्म चल्नेछ ।
Discussion about this post