पञ्चेबाजा प्रतियोगितामा गैरदलित समुदाय

अन‌ि यो पनि

हेटौँडा । हेटाँैडामा सुरु भएको राष्ट्रिय व्यापार मेलामा आज मकवानपुर जिल्लास्तरीय पञ्चेबाजा (नौमती बाजा) प्रतियोगितामा दलितसहित गैरदलित समूहले पनि भाग लिँदै पुरस्कार जितेको छ ।
जिल्ला पर्यटन विकास समिति मकवानपुर र जिल्ला विकास समिति मकवानपुरको संयुक्त आयोजनामा जिल्लास्तरीय पञ्चेबाजा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा  क्षेत्री ब्राह्मण समुदायका सदस्यले सञ्चालन गरेको बाजा समूहसहित ६ वटा समूहले सहभागी जनाई आआफ्ना कला प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा सरिखेत गाविसका भ¥याङकालीका नौमती बाजा समूह प्रथम, मनहरीको मनकामना पञ्चेबाजा समूह द्वितीय, नामटारको भैँसेखानी पञ्चेबाजा समूह तथा आमभञ्ज्याङको कालीबने बाजा समूह तृतीय भएका छन् ।
गैरदलित समूहबाट सहभागी भएको आमभञ्ज्याङको जनप्रगतिशील नौमती पञ्चेबाजा समूहले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रथम हुनेलाई रु ४५ हजार दोस्रोलाई रु ३० हजार तेस्रोलाई रु २० हजार र सान्त्वनालाई रु पाँच हजार पुरस्कार प्रदान गरिएको थियो भने सहभागी समूहलाई नगद पा“च हजार प्रदान गरिएको थियो । प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले यस्ता प्रतियोगिताबाट बञ्चेबाजालाई अझ लोकप्रिय बनाउन मद्दत पुग्ने बताउनुभयो ।
गैरदलितलाई पनि यो पेसामा लाग्ने प्रेरणा दिँदै लोप हुन लागेको पञ्चेबाजाको प्रवद्र्धन गर्नु यो प्रतियोगिताको उद्देश्य भएको स्थानीय विकास अधिकारी गोकर्णप्रसाद शर्माले बताउनुभयो ।  प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रम स्थानीय विकास अधिकारी गोकर्ण शर्माको सभापतित्वमा भएको  थियो । रासस

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया