• गृह पृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
23 02 19, Saturday
30 °c
Narayani
27 ° Wed
28 ° Thu
25 ° Fri
25 ° Sat
Chitwan Post
No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व
No Result
View All Result
Chitwan Post
No Result
View All Result
गृह पृष्ठ समाचार

गणेशधाममा भोलिदेखि महायज्ञ

चितवन पोष्ट
December 7, 2018
समाचार, समाज
गणेशधाममा भोलिदेखि महायज्ञ
0
SHARES
135
VIEWS
Share on FacebookShare on Twitter

भरतपुर । धार्मिक तथा ऐतिहासिकस्थल गणेशस्थानलाई नेपालकै सबैभन्दा ठूलो गणेशधामका रुपमा विकास गर्ने उद्देश्यले भोलि शनिबारदेखि सञ्चालन गर्न लागेको धनधान्याचल ज्ञानमहायज्ञ–२०७५ को सबै तयारी सकिएको आयोजकले जनाएको छ ।

महायज्ञ आयोजक मूल समारोह समितिले बिहीबार महायज्ञ स्थलमै पत्रकार सम्मेलन गरेर तयारीबारे जानकारी गराएको हो । मंसिर २९ गतेसम्म सञ्चालन हुने महायज्ञबाट करिब २० करोड रूपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ । महायज्ञ सञ्चालन गर्नका लागि भने करिब ७० लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको गणेशस्थान मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिए ।

गणेशस्थान क्षेत्रलाई धामका रुपमा विकास गर्न डीपीआर निर्माणको कामसमेत अन्तिम चरणमा पुगिसकेकोले महायज्ञ सञ्चालनबाट संकलित रकमले छिट्टै नै धाम निर्माण गरिने महायज्ञ मूल आयोजक समितिका महासचिव रवीन्द्र बरालले जानकारी दिए । करिब १४ लाखको लागतमा डीपीआर निर्माण भइरहेको उनको भनाइ छ ।

सम्बन्धितसमाचार

जिल्लास्तरीय वक्तृत्वकलामा लोचन प्रथम

कालिका मोटर्सले मनायो वार्षिकोत्सव

शिष्टाचारबारे तालिम

‘मंसिर महिनाभित्रै डीपीआरको काम सकेर फेजवाइज निर्माणको चरणमा जानेछौँ’, उनले भने, ‘महायज्ञबाट उठ्ने रकममाथि अन्य दाता, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारको सहयोगमा देशकै नमुना धामका रुपमा विकास गर्ने लक्ष्य लिएका छौँ ।’ डीपीआरअनुसारको काम सम्पन्न गर्न करिब ८० करोड खर्च लाग्ने अनुमान गरिएको उनले बताए ।

भरतपुर ११ स्थित गणेशस्थानमा रहेको ४४ बिगाहा जमिनमा गणेशधाम निर्माण गर्ने योजनासहित महायज्ञ सञ्चालन गर्न लागिएको हो । त्यसमध्ये २५ बिगाहा जग्गामा मात्रै तलाउ निर्माण गरिने लक्ष्य छ । डीपीआर अनुसार सो क्षेत्रमा विभिन्न मन्दिर, जल विनायक, शिव–पार्वतीको मूर्ति, सामुदायिक वन क्षेत्रमा तलाउ, पार्कलगायतका संरचनाहरु निर्माण हुनेछन् । धाम निर्माण गर्न ३ नं प्रदेश सरकारले यसअघि नै ८० लाख रूपैयाँ बजेट विनियोजन गरिसकेको समितिले जनाएको छ ।

सोही पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सांसद् विजय सुवेदीले समग्र चितवन जिल्लाकै प्रतिष्ठासँग जोडिएकाले जतिसक्दो छिटो गणेशधाम निर्माण गरिसक्नुपर्ने बताए । मंसिर महिनालाई गणेशधाम निर्माणको पर्वका रुपमा मनाउने अभियान बनाइएको भन्दै गणेशधाम निर्माणका लागि सुरूवाती चरणदेखि नै निरन्तरता दिँदै आएको समेत दाबी गरे ।

महायज्ञको पूर्वसन्ध्यामा समितिका अध्यक्ष दिनेश चुकेको संयोजकत्वमा पाँच हजार १ सदस्यीय मूल आयोजक समिति गठन गरेर काम भैरहेको छ । एक हप्तासम्म सञ्चालन हुने धनधान्याचल ज्ञानमहायज्ञमा युवा वाचक पण्डित दीनबन्धु पोखरेलले प्रवचन दिनेछन् । महायज्ञको उद्घाटन भने प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने समितिले जनाएको छ ।

ताजा समाचार

कांग्रेसको विरोधपछि क्यान्सर परिसरमा सिटी हल बनाउने निर्णय स्थगित

उपमेयरलाई धम्की दिने सुवेदीलाई तारेखमा छाड्ने निर्णय

February 23, 2019

२०७५ फागुन ११ गते शनिबार

February 23, 2019
बिचल्ली विद्यार्थीको उद्धार गर

बिचल्ली विद्यार्थीको उद्धार गर

February 23, 2019

एउटी वृद्धा (कथा)

February 23, 2019
Auto Draft

जिल्लास्तरीय वक्तृत्वकलामा लोचन प्रथम

February 23, 2019

धेरै चोटी पढिएको

  • नारायणी नदीको बाढीसँगै कटान बढेपछि सतर्क रहन आह्वान्

    नारायणी नदीको बाढीसँगै कटान बढेपछि सतर्क रहन आह्वान्

    2951 shares
    Share 2951 Tweet 0
  • राप्तीमा महिलाको रहस्यमय हत्या

    2575 shares
    Share 2575 Tweet 0
  • गाई मारेको आरोपमा तीन पक्राउ

    4 shares
    Share 4 Tweet 0
  • स्थानीय तहमा भ्रष्टाचार न्यूनीकरण र सुशासन

    8 shares
    Share 8 Tweet 0
  • वडाध्यक्षको लगानीमा सडक मर्मत

    1486 shares
    Share 1486 Tweet 0

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स: ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com
  • इपेपर
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०१८ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व

© २०१८ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक