• गृह पृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
23 02 19, Saturday
30 °c
Narayani
27 ° Wed
28 ° Thu
25 ° Fri
25 ° Sat
Chitwan Post
No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व
No Result
View All Result
Chitwan Post
No Result
View All Result
गृह पृष्ठ विचार

हानिकारक छ गर्भनिरोधक औषधिको अत्यधिक प्रयोग

–देवराज रेग्मी

चितवन पोष्ट
December 6, 2018
विचार, स्वास्थ्य
हानिकारक छ गर्भनिरोधक औषधिको अत्यधिक प्रयोग
46
SHARES
188
VIEWS
Share on FacebookShare on Twitter

आकस्मिक गर्भनिरोधक औषधि हर्मोनयुक्त खाने चक्की हो । यो चक्की असुरक्षित यौन सम्बन्धको पाँच दिन अर्थात् एक सय २० घन्टाभित्र खाएमा गर्भ रहँदैन । यो एउटा यस्तो औषधि हो, जसले अनिच्छाको गर्भ रोक्न सक्छ । आकस्मिक गर्र्भिनरोधक औषधि आकस्मिक अवस्थाका लागिमात्रै हो, यसलाई अन्य परिवार नियोजनको साधनसरह नियमित सेवन गर्नु वा अत्यधिक प्रयोग गर्नु राम्रो होइन ।

पछिल्लो समय विवाहितले भन्दा अविवाहित महिलाले गर्भनिरोधक चक्की बढी प्रयोग गर्ने गरेको पाइएको छ । एक अध्ययनका अनुसार आकस्मिक गर्र्भिनरोधक एमटी पिल्स, इकोन, आइपिल, अनवान्टेड ७२ जस्ता चक्की लिन आउनेहरुमा विवाहितभन्दा अविवाहित बढी हुने गरेको र हिजोआज कन्डमको भन्दा बढी यस्तै आकस्मिक गर्भनिरोधक चक्की प्रयोग बढेको छ ।

आकस्मिक गर्भनिरोधक चक्की एक–दुईपटक प्रयोग गर्नाले स्वास्थ्यमा असर पार्दैन । कतिपय अवस्थामा यो औषधि प्रयोग गरे पनि गर्भ रहन सक्छ र पाठेघरको नली फुट्न सक्ने खतरासमेत हुन सक्छ । तसर्थ, यसको सेवन धेरै गर्नुहुँदैन । आवश्यक परेमा एक–दुईपटक यसको सेवन गर्न सकिन्छ, तर परिवार नियोजनको अन्य साधनको विकल्पका रुपमा अत्यधिक प्रयोग गर्नु हानिकारक छ ।

सम्बन्धितसमाचार

सरकारका एक वर्ष : दुर्बलता र सबलता

विचार समाजवाद र समृद्धिको मुद्दा

मेयर, उपमेयर विवाद : अन्तिम परिणाम गलत

यसको अत्यधिक प्रयोगले देखिने स्वास्थ्य समस्याहरु:

— यो हर्मोनले पुरूष हर्मोन र महिला हर्मोनका बीचमा द्वन्द्व गरेर गर्भ बस्न दिँदैन । तसर्थ, आकस्मिक गर्र्भिनरोधक चक्की सेवनले भ्रूण तुहाउँछ । यस्तो अवस्थामा यस्ता औषधि लिने महिलालाई रक्तश्राव हुन सक्छ ।

— यो हर्मोनले महिलाको डिम्बाशयबाट निस्कने डिम्बलाई रोक्छ र डिम्ब निस्किसकेको अवस्थामा पनि शुक्रकीटसँग सेँचन भई भ्रूण बन्न दिँदैन । यदि भ्रूणसमेत बनिसकेको छ भने पनि पाठेघरमा टाँसिन दिँदैन र गर्भ बस्न दिँदैन, जसका कारण पाठेघरमा संक्रमण भई बाँझोपनको समेत समस्या ल्याउने खतरा हुन्छ ।

— कतिपयलाई यो औषधि प्रयोग गरेलगत्तै रक्तश्राव हुन सक्छ र महिनावारीमा पनि गडबडी आउन सक्छ ।

— आकस्मिक गर्र्भिनरोधक चक्की धेरै प्रयोग गर्नाले महिलामा बाँझोपनको समस्या आउन सक्छ र प्रोजेस्टेरोन हर्मोन उत्पादन नै बन्द हुन सक्छ । प्रोजेस्टेरोन एउटा त्यस्तो महिला हर्मोन हो, जसले डिम्ब निष्कासन तथा गर्भ बस्नमा मह¤वपूर्ण भूमिका खेल्छ ।

— यसको धेरै सेवन गर्नेहरुमा विभिन्न किसिमका यौन संक्रमण देखा पर्न सक्दछ र यौन रोगको जोखिम धेरै हुन्छ ।

— आकस्मिक गर्र्भिनरोधक चक्कीमा हुने लिभोनोरजेस्ट्रेल वा युलिप्रिस्टल एसिटेट नामक हर्मोनले गर्भ बस्न आवश्यक हर्मोनलाई नष्ट गरिदिन्छ र गर्भ बस्न दिँदैन । यसकारण, महिलाको शरीरमा हुने हर्मोनमा गडबडी हुन्छ र स्टेराइडसम्बन्धी जटिलता देखा पर्ने, हाड खिइने, क्यान्सर र मुटु रोगको सम्भावना बढाउने तथा शरीरको प्रतिरोधात्मक क्षमता कमजोर हुने गर्दछ ।

यो औषधि सहज र सस्तोमा उपलब्ध छ । तर, यसको नियमित प्रयोगले दिने परिणाम भने राम्रो छैन । हाम्रो समाजमा यसका बारेमा कमैमात्र जानकारी भएको हुँदा यसलाई अन्य परिवार नियोजनको साधनजस्तो नियमित प्रयोग गर्ने गरेको पाइन्छ, जसले गर्दा जनस्वास्थ्यमा चुनौती थपिँदै गएको छ । तसर्थ, नेपाल सरकारले यसको उचित व्यवस्थापनका लागि आवश्यक कदम चाल्नुपर्ने देखिन्छ ।

(लेखक भरतपुर १७, चितवनका जनस्वास्थ्यकर्मी हुन् ।)

ताजा समाचार

कांग्रेसको विरोधपछि क्यान्सर परिसरमा सिटी हल बनाउने निर्णय स्थगित

उपमेयरलाई धम्की दिने सुवेदीलाई तारेखमा छाड्ने निर्णय

February 23, 2019

२०७५ फागुन ११ गते शनिबार

February 23, 2019
बिचल्ली विद्यार्थीको उद्धार गर

बिचल्ली विद्यार्थीको उद्धार गर

February 23, 2019

एउटी वृद्धा (कथा)

February 23, 2019
Auto Draft

जिल्लास्तरीय वक्तृत्वकलामा लोचन प्रथम

February 23, 2019

धेरै चोटी पढिएको

  • नारायणी नदीको बाढीसँगै कटान बढेपछि सतर्क रहन आह्वान्

    नारायणी नदीको बाढीसँगै कटान बढेपछि सतर्क रहन आह्वान्

    2951 shares
    Share 2951 Tweet 0
  • राप्तीमा महिलाको रहस्यमय हत्या

    2575 shares
    Share 2575 Tweet 0
  • गाई मारेको आरोपमा तीन पक्राउ

    4 shares
    Share 4 Tweet 0
  • स्थानीय तहमा भ्रष्टाचार न्यूनीकरण र सुशासन

    8 shares
    Share 8 Tweet 0
  • वडाध्यक्षको लगानीमा सडक मर्मत

    1486 shares
    Share 1486 Tweet 0

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स: ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com
  • इपेपर
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०१८ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व

© २०१८ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक