-धनपति कोइराला
कवि प्रेमराज सापकोटा पिता शशिधर र माता सीतादेवीका पुत्ररत्नका रुपमा २००६ साल श्रावण १६ गते थुमाको डाँडा गाविस, वडा नं. ८ माझाडिही, कास्कीमा जन्मनुभएको हो । त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएका कवि प्रेमराजले नवलपरासी जिल्लाअन्तर्गतको देवचुली उच्च मावि र देवचुली क्याम्पसमा प्राध्यापन गरी आफ्नो उर्वर जीवन समर्पित गर्नुभयो । करिब चार दशकसम्म प्राध्यापन गरी सेवानिवृत्त हुनुभएका उहाँ वर्तमानमा काठमाडौँ जिल्लाअन्तर्गत सतुंगल गाविस–४मा निवास गर्नुहुन्छ । नेपाल सरकारले उहाँले शिक्षाका क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै दुई पटक राष्ट्रिय शिक्षा पुरस्कार र एक पटक जिल्ला शिक्षा पुरस्कार प्रदान गरेको छ । यस्तै, उहाँ विभिन्न संघसंस्थाहरुबाट पनि धेरै पटक सम्मानित एवम् पुरस्कृत भइसक्नुभएको छ ।
विद्यार्थी जीवनबाट नै साहित्यका क्षेत्रमा गहिरो अभिरूचिका साथ कलम चलाउँदै आउनुभएका कवि सापकोटाका यसअघि पनि विभिन्न पत्रपत्रिकामा कविताकृतिहरु प्रकाशित भएको पाइए पनि मूलतः यही कवितासङ्ग्रहबाट नै महायात्रा आरम्भ गर्नुभएको हो भन्दा अर्घेलो नहोला । यसमा उहाँद्वारा अध्यापकीय जीवन र सेवानिवृत्तोत्तर जीवनमा सँगालेका करिब तीन दशकका अनुभूतिहरु समेटिएका छन् । खासगरी, यसमा सेवाकालीन जीवनका उकाली–ओराली र कठिन मोडहरु र सेवानिवृत्त भएपछि यमपुरीको यात्राका क्षणमा मातृभूमिको यादले तड्पिएका बेला लेखिएका प्राकृत लय र मुक्तलयहरुमा आबद्ध कविताहरु प्रस्तुत छन् ।
५२ फुटकर कवितारुपी पुष्पगुच्छाहरुबाट यो सङ्ग्रहमाला तयार भएको छ । ‘आराधना’ यस सङ्ग्रहको पहिलो पुष्पगुच्छा हो । यो लोकलयमा आबद्ध छ । यसमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको अन्तर्हृदयबाट नै वन्दना गर्दै विद्या, बुद्धि र कलाकौशल प्रदान गर्न यसरी आग्रह गरिएको छ–
हे शारदे हटाउँछ्यौ
तिमी अन्धकार
जुक्ति बुद्धि कलाकौशल
दिन्छ्यौ बारम्बार ।
अज्ञानमा बल्भ्mयौँ हामी
ज्ञान तिम्रो खोज्छौँ
सरस्वती हामी तिम्रै
पछिपछि लाग्छौँ ।।
यसमा सङ्कलित दोस्रो पुष्पगुच्छाका रुपमा रहेको छ ः ‘विचित्र नेपाल’ । यो कविता पनि लोकलयमा नै आबद्ध रहेको छ । यसमा कविले नेपालको प्राकृतिक, सांस्कृतिक, भाषिक आदि विविध विविधतामाथि सिंहावलोकन गर्ने प्रयत्न गरेका छन् । यस्तै, यस सङ्ग्रहको तेस्रो क्रममा ‘गरिबको शरद्’ शीर्षकीय कविता प्रस्तुत छ । लोकलयमा नै आबद्ध यस कवितामा गरिबी र तज्जन्य मनोविज्ञानको चित्रण गर्दै यो मुलुकका नेतृत्वप्रति गम्भीर कटाक्षका साथ नेपालीका महान् शारदीय चाडहरु निकै बोझिला र कष्टदायी बन्ने गरेको निष्कर्ष कवि आप्mना शब्दमा यसरी प्रस्तुत गर्दछन्–
नेता आउँछन् भोट माग्छन्
गरिबलाई भन्छन्
यो शरद्ले बिदा लियो
पर्ख पालो भन्छन् ।
यस्ता कुरा कति हुन्छन्
शरद् कति जान्छन्
गरिबको नयनमा
मोतिदाना अश्रु बग्छन् ।।
यस सङ्ग्रहको चौँथो पुष्पगुच्छाका रुपमा ‘हाकिमको कलम’ प्रस्तुत छ । यसमा कलमप्रति अपार श्रद्धा प्रकट गर्दै सबैलाई ज्ञानगुन दिई सुदीक्षित तुल्याउनमा भूमिका खेलेकोमा हार्दिक कृतज्ञता व्यक्त गरिएको छ । ‘आमा नै हुन् देवी’ यस सङ्ग्रहको पाँचौँ कवितापुष्प हो । यो पनि सुमधुर प्रकृतिको लोकलयमा नै आबद्ध रहेको छ । यसमा ममतामयी माताप्रति असीम श्रद्धाभाव प्रकट गर्दै उनले गरेका हरेक कार्यप्रति सदाशयता प्रस्तुत गरिएको छ । आमाको चोखो वात्सल्यभावको स्मरण गर्दै सृष्टिको अलौकिक शक्तिका रुपमा आमालाई स्थापित गर्ने प्रयत्न गरिएको छ । यसमा आमालाई ज्ञानको ज्योति, पहिलो गुरू र साक्षात् देवीका रुपमा यसरी चित्रण गरिएको छ–
अङ्क अक्षर चिनाउने
ज्ञानकी ज्योति आमा
प्रथम स्कुल घर
अनि प्रथम गुरू आमा ।
अरुको लाख तिम्रो काख
ठूलै तिमी आमा
धन्यधन्य ईश्वर कृपा
देवी नै हुन् आमा ।।
यस सङ्ग्रहको छैटौँ पुष्परत्न हो ः ‘जल, जंगल, जमिन र ज्योति’ । यसमा कवि सापकोटाले नेपाली प्रकृतिलाई अनुपम र उन्नत सम्पदाले मण्डित अलौकिक भूखण्डका रुपमा प्रस्तुत गरेका छन् । यस सङ्ग्रहको सातौँ पुष्पगुच्छाका रुपमा ‘धन’ प्रस्तुत छ । लोकछन्दमा नै रचिएको यस कवितामा धनलाई उच्च मह¤व दिने वर्तमान नेपाली मनोविज्ञानप्रति कवि असन्तुष्ट देखा पर्दछन् । धन मानव–जीवनका लागि साध्य नभएर साधन मात्र हुनुपर्ने धारणा राख्तै कवि यसका पछि नदौडन यसरी आग्रह गर्दछन्–
धनको लालस छोड
जीवन त्याग्न परे पनि
राष्ट्र सेवा मानव धर्म
राष्ट्रका गुण हुन् हरि ।
तस्मात् धन मान तुच्छ
तृण हो तृण बुझ
सुविचार सदाचार
जीवनभरि सधैँ रोज ।।
यस्तै ‘गरौं खेती बाँसको’ आठौँ क्रममा प्रस्तुत लोकलयमै आधारित परिचयात्मक कविता हो । यसमा नेपाली जनजीवन र संस्कृतिमा बाँसको सर्वोपरि उपयोगिता र मह¤व रहेको तथ्य प्रस्तुत गरिएको छ । नवौँ अनुक्रममा रहेको अर्को पुष्परत्न हो ः ‘यो हो कलि’ । यो कवितामा पनि प्राकृत लयकै उपयोग गरिएको छ । यसमा कलिले गाँजेको वर्तमान मानवीय प्रवृत्तिप्रति ईषद् व्यङ्ग्य गर्दै यसका दुर्गुणबाट जोगिइरहन अपिल गरिएको छ । ‘वंशवृक्ष’ यस सङ्ग्रहको दसौँ अनुक्रममा प्रस्तुत लोकलयमा नै रचिएको कविता हो । यसमा आफ्नो वंशपरम्पराबारे सङ्क्षेपमा प्रकाश पारिएको छ । लोकलयमा संरचित ‘जीवनको सार्थकता’ यस सङ्ग्रहको एघारौँ कविताको लहरमा रहेको छ । यो कविता प्रश्नोत्तर ढाँचामा प्रस्तुत छ । जीवनबारे विभिन्न जिज्ञासा राख्तै तिनको उत्तर दिई त्यसलाई अवलम्बन गर्न आग्रह गरिएको छ । यसमा जीवनलाई सुवास, सेवा, निस्वार्थीको घर, माया, ज्ञानको ज्योति र सुखदुःखको मिश्रणका रुपमा अथ्र्याउँदै जीवन चिन्न पहिले कर्तव्यको ढोका खोल्नुपर्ने सल्लाह दिइएको छ ।
‘सम्मान गरौं ज्येष्ठको’ यससङ्ग्रहको बा¥हौँ अनुक्रममा रहेको लोकलयमा आधारित कविता हो । यसमा ज्ञान, सीप र अनुभवका महान् स्रोतका रुपमा रहेका ज्येष्ठ नागरिकहरुको उचित सम्मान र भरणपोषण गर्न आग्रह गरिएको छ । यस सङ्ग्रहको तेह्रौँ अनुक्रममा रहेको लोकलयमा नै आधारित अर्को कविता हो ‘म हुँ नेपाली’ । यसमा नेपालको प्राकृतिक सौन्दर्य, गौरवमय सांस्कृतिक विरासतको चर्चा गर्दै नेपाललाई सिंगार्न सारा नेपाली आफैँ अग्रसर हुन आग्रह गरिएको छ । यस्तै, ‘नारी बन शिक्षित’ चौधौँ अनुक्रममा रहेको लोकलयमा आबद्ध सुन्दर कविता हो । यसमा नारीलाई सृजना र प्रगतिको संवाहक शक्ति भएकाले उनीहरुलाई पनि पुरूषसरह अधिकार र अवसर प्रदान गर्न अपिल गरिएको छ । कवि कलह, द्वेष र राग छोडी नारीलाई शिक्षा दिन यसरी आग्रह गर्दछन्–
बरू शिक्षा अनिवार्य
गर नेपालीलाई
नारी पूजा गर्नुपर्छ
देश विकासलाई ।
झगडा र द्वेष राग
हटाऊ एकै साथ
देशले आशा गरिसक्यो
नारी बन शिक्षित ।।
‘देवघाट’ यसमा सङ्कलित पन्ध्रौँ क्रममा रहेको अर्को लोकलयमा आधारित कविता हो । यसमा देवघाटलाई पुण्यभूमिका रुपमा प्रस्तुत गरी यसको संरक्षण र संवद्र्धन गर्न हार्दिक आग्रह गरिएको छ । सो¥हौँ क्रममा ‘बन्द’ शीर्षकको कविता प्रस्तुत छ । यसमा जनताको नाउँमा गरिने बन्दले जनताले औधी हैरान बनेको तथ्यतर्फ सङ्केत गर्दै कविले बन्द नै संस्कृति बनेकोमा गहिरो असन्तुष्टि प्रकट गरेका छन् । सत्रौँ क्रममा रहेको कविता हो ः ‘सम्झनामा लेखनाथ’ । यसमा कविशिरोमणि लेखनाथ पौड्यालप्रति असीम श्रद्धा प्रकट गर्दै कवि सापकोटाले उनका लेखकीय कर्मको यसरी प्रशंसा गरेका छन्–
रचना अधिक रचेर कविले
साहित्य भण्डार भ¥यौै
नेपाल भूमिमा टेकेर तिमीले
मातृको सेवा ग¥यौ ।
धरती रसिलो विचार गहकिलो
हे काव्य शिरोमणि
तिम्रो देन अपार अमरपथमा
सम्झन्छु म अग्रणि ।।
‘नेता’ यस सङ्ग्रहको अठारौँ क्रमको सुन्दर लयबद्ध कविता हो । यसमा नेपाली राजनेताका दुष्प्रवृत्ति र घृणित चरित्रको रहस्योद्घाटन गरिएको छ । उन्नाइसौँ लहरमा प्रस्तुत छ ः ‘मेरो देश मेरो गौरव’ । लोकलयमा आधारित यसै कविताको शीर्षकबाट प्रस्तुत कविताको नामकरण गरिएको छ । यसमा नेपालका धार्मिक, सांस्कृतिक, प्राकृतिक, भाषिक, साहित्यिक तथा राजनैतिक परिदृश्यहरु प्रस्तुत गर्दै आप्mनो मुलुकप्रति गौरव बोध गरिएको छ । यसमा कवि सारा नेपालीलाई जनसेवामा अग्रसर हुन आग्रह गर्दछन् । ‘आधुनिक दुनियाँ’ यस सङ्ग्रहको बीसौँ लहरको लयबद्ध कविता हो । यसले भ्रष्टतातिर उन्मुख वार्तमानिक नेपाली समाजको जीवन्त चित्र यसरी प्रस्तुत गरेकोे छ–
लालचा अग्रपङ्क्तिमा
इनसान पछि प¥यो
अनुशासन छँदै छैन
नियम कानुन तल गि¥यो ।
भन्छन् सबै लोकतन्त्र
सर्वत्र मनपरी तन्त्र छ
परिश्रमको मूल्य छैन
गरिब त मान्छे होइन ।।
एक्काइसौँ क्रममा प्रस्तुत रहेको छ ः ‘ईश्वर एक विचार अनेक’ । लोकलयमा आबद्ध यस कवितामा आध्यात्मिक चिन्तन प्रस्तुत छ । ईश्वरलाई अजेय शक्तिका रुपमा प्रस्तुत गरी कविले सत्यको मार्ग रोजेर अघि बढ्न र मानवीय जीवनलाई सार्थक तुल्याउन सल्लाह दिइएको छ । ‘नेपाल मेरो घर’ कविता बाइसौँ लहरमा प्रस्तुत छ । लोकलयलाई नै आधार बनाएर लेखिएको यस रचनामा पनि नेपाली प्राकृतिक एवम् सांस्कृतिक वस्तुस्थितिमाथि सिंहावलोकन प्रस्तुत गरिएको छ । ‘समस्याको पोको’ यस सङ्ग्रहको तेइसौँ लहरमा सङ्कलित लयबद्ध कविता हो । यसमा समस्या नै समस्याले जकड्दै गएको नेपालको वस्तुस्थितिप्रति सूक्ष्म विश्लेषण गरिनुका साथै नेतालाई यी समस्या अझै नबल्झाएर उचित समाधान निकाल्न यसरी प्रेरित गरिएको छ–
ग्याँस रित्तियो सिलिन्डरमा
आधा भात काँचो
आँखा बन्द नगर नेता
कुरा बुझ साँचो ।
नेता तिमी बन वीर
आमाको रिन तिर
समस्याको पोको हटाऊ
देशको विकास गर ।।
‘किसान’ यस सङ्ग्रहमा सङ्कलित चौबीसौँ क्रमको लयबद्ध कविता हो । यसमा कृषि पेसा र कृषकप्रति उच्च सम्मानभाव प्रस्तुत गरिएको छ । कविका दृष्टिमा आफूले सारा दुःख, दर्दरुपी हलाहल विष पिएर अरुलाई अमृत पिउने वातावरण बनाइदिने शिवझैँ किसान पनि अमृत त¤व प्रदान गर्ने सारा संसारका प्राणदाता हुन् । कविको शब्दमा किसान यस्ता छन्–
किसानले गरे हड्ताल
सबका पेटमा मुसा कुद्छन्
हुन्छन् किसान मित्र शक्ति
बुझौँ मर्म किसान भक्ति ।
किसानको जीवन हेर
सबलाई अमृत पु¥याएर
आफू बस्छन् दुःख साथ
अरुलाई दिन्छन् अन्नपात ।।
यस सङ्ग्रहको पच्चीसौँ लहरमा सङ्कलित कविता हो ः ‘अनौँ र प्रजातन्त्र ।’ यसमा हलो क्रान्ति र प्रजातन्त्र प्राप्तिको सन्दर्भ उजागर गरिएको छ । यस्तै, ‘मेरो देवचुली’ छब्बीसौँ अनुक्रममा सङ्गृहीत लोकलयबद्ध कविता हो । यसमा आप्mनो कर्मभूमि देवचुली, यहाँ बिताएका उन्नति र प्रगतिका कार्य एवम् यसका वरपरको भौगोलिक परिसरको चर्चा गरी यसप्रति श्रद्धाभाव व्यक्त गर्ने प्रयत्न गरिएको छ । वस्तुतः यो आञ्चलिकता झल्किएको उनको कर्मभूमिप्रतिको अचल निष्ठाको बिम्बात्मक अभिव्यक्ति प्रतीकका रुपमा रहेको छ । यस सङ्ग्रहको सत्ताइसौँ लहरमा प्रस्तुत छ ः ‘लोकतन्त्र’ । यसमा लोकतान्त्रिक व्यवस्थालाई सर्वाधिक सुन्दर व्यवस्थाका रुपमा चित्रण गर्दै यसमा देखिएका कमजोरी हटाएर समतामुखी समृद्ध समाज निर्माण गर्ने दिशामा उन्मुख हुन सार्वजनिक अपिल गरिएको छ । ‘मेरो हिमचुली’ यस सङ्ग्रहमा प्रस्तुत अठ्ठाइसौँ पुष्परत्नका रुपमा रहेको छ । यसमा नेपालका प्राकृतिक सम्पदाको मुक्तकण्ठले गायन गर्दै नेपालीलाई संसारमा हिमालझैँ शिर ठाडो बनाएर जिउन अपिल गरिएको छ । ‘कर्म गरे धर्म हुन्छ’ उन्तीसौँ अनुक्रममा रहेको लोकलयबद्ध कविता हो । यसमा असल कर्मद्वारा हरेक क्षेत्रमा सर्वाङ्गीण विकासको मूल फुटाउनु पर्ने विचार व्यक्त गरिएको छ । यस सन्दर्भमा कविकै शब्दमा उनको दृष्टिकोण प्रस्तुत गर्नु सान्दर्भिक हुने ठान्दछु–
बालगृह अस्पताल
स्कुल बनाई बनाई
बाटो निर्माण समाजसेवा
गर्नुपर्छ ल है ।
रक्तदान जीवनदान
ठूलो धर्म मान्नु
मानिसकै सेवा गरे
धर्म हुन्छ जान्नु ।।
यस्तै ‘काम’ यस सङ्ग्रहको तीसौँ क्रममा प्रस्तुत लोकलयबद्ध कविता हो । यसमा कर्मप्रति अपार आस्था राखी हरेक नागरिकलाई कर्मयोगी बन्न सल्लाह दिइएको छ । ‘खाजा पिजा’ यो एकतीसौँैँ क्रममा रहेको लोकलयबद्ध कविता हो । पिजामा नेपालीपनको आभास नपाइए पनि यो विदेशी भूमिमा खाजाका रुपमा खाइने एक प्रकारको रोटी हो । यसबारे पाठकलाई परिचित तुल्याउने अभिप्रायले लेखिएको प्रतीत हुन्छ । यसमा अङ्ग्रेजी पद पदावलीको आंशिक प्रयोग गरिएको पाइन्छ । ‘मेरो जन्मभूमि प्यारो तारकाङ’ यस सङ्ग्रहभित्रको बत्तीसौँ पुष्पगुच्छा
हो । यसमा आफ्नो जन्मभूमि तारकाङप्रति अपार आस्था र सम्मानभाव प्रस्तुत गरिएको छ । न्यूयोर्क बस्ने क्रममा मातृभूमिको माया र सम्झनाले सताइँदा लेखिएको यो कवितामा प्रशस्त डायस्पोरिक चेतना मुखरित हुन पुगेको छ । तेत्तीसौँ अनुक्रममा सङ्कलित ‘इन्द्रेणी’ लोकलयमा नै आधारित अर्को प्रकृतिपरक रचना हो । यसमा इन्द्रेणी र यसका प्राकृतिक परिदृश्यको सुन्दर वर्णन गरिएको छ । ‘मेरो जीवन’ यस सङ्ग्रहको चौत्तीसौँ क्रममा समावेश गरिएको लोकलयबद्ध रचना हो । यसमा आप्mना जीवनका विभिन्न सन्दर्भहरुको वर्णन गरिएको छ । ‘गरिबको झुपडी’ पैतीसौँ क्रममा प्रस्तुत लोकलयमा नै संरचित कविता हो । यसमा गरिबी र तज्जन्य अभावभित्र पनि खुसी र सन्तुष्ट नै रहने गरिबका अमिरी मनको जीवन्त अभिव्यक्ति प्रस्तुत छ । यस्तै ‘मेरो सन्देश’ छत्तीसौँ लहरमा समावेश गरिएको लयबद्ध कविता हो । यसमा सुन्दर शान्त एवम् समृद्ध नेपालको निर्माणमा जुट्न अपिल गरिएको छ । यस्तै, ‘निमको गुन’ सैतीसौँ क्रममा प्रस्तुत कविता हो । बाँसको परिचय प्रस्तुत गरिएझैँ यस कवितामा निमका समग्र विशेषता र मह¤वबारे स्पष्ट पारिएको छ । नेपाल गौरवमा नेपालका विविधताको परिचय प्रस्तुत गर्दै यसमा गौरव गर्न हार्दिक आग्रह गरिएको छ । ‘नेपाल गौरव’ यस सङ्ग्रहमा सङ्कलित अड्तीसौँ गजल हो । यसमा प्राकृतिक, सांस्कृतिक तथा भौगोलिक परिदृश्यको समाकलन गर्दै जनभावनाको कदर गर्नु सबै राजनीतिक कर्मीको दायित्व भएको तथ्य उजागर गरिएको छ । यसमा सङ्कलित उन्चालीसौँ पुष्परत्न हो ः ‘कृषिकर्म’ । यसमा पनि कविले कृषि पेसा र कृषकलाई अतिशय सम्मान प्रकट गरेका छन् । यस कविताले कृषि पेसामा क्रियाशील नेपालीहरुप्रति हेरिने नकारात्मक दृष्टिकोणप्रति असन्तुष्टि प्रकट गर्दै समग्र कृषकलाई आप्mनो नैसर्गिक अधिकारको खोजी गर्न उत्प्रेरित गरेको छ । ‘मेरो फेवा’ चालीसौँ अनुक्रममा रहेको अर्को सुन्दर प्रकृतिपरक लोकलयमा आबद्ध कविता हो । यसमा फेवाताल र यसवरपरका प्राकृतिक सौन्दर्यको चित्रण गरी यसको संरक्षण र संवद्र्धन गर्न अग्रसर हुनुपर्ने सल्लाह यस प्रकार दिइएको छ–
फेवा हाँसे देश हाँस्छ
इज्जत हाम्रो बढ्छ
सुन्दर देश नेपालको
शिर ठाडो हुन्छ ।
फेवातालको संरक्षणमा
हामी लाग्नुपर्छ
हाम्रो फेवा राम्रो फेवा
सबले बुभ्mनुपर्छ ।।
यस्तै, ‘हाम्रो राम्रो झन्डा’ यो एकचालीसौँ क्रममा रहेको लोकलयमा नै संरचित अर्को कविता हो । यसले नेपालको झन्डाको विशेषता र यसको मह¤वबारे प्रकाश पार्दै यो बहुजाति, भाषा, संस्कृति र भौगोलिक विविधता बोकेका नेपालीहरुको एकताको प्रतीक भएको भाव झल्काएको छ । कविको आप्mनै शब्दमा हाम्रो नेपाली झन्डा यस्तो छ–
झन्डा हाम्रो शक्ति हो
एकताको प्रतीक हो
गौरवशाली इतिहास
अमर वस्तु झन्डा यो ।
नेपालीको शिर ठाडो
राख्छ हाम्रो झन्डा यो
विकास निर्माण गर्नलाई
ऊर्जा दिन्छ झन्डा यो ।
बयालीसौँ लहरमा प्रस्तुत ‘गरौँ सेवा देशको’ लोकलयमा आबद्ध रचना हो । यसले रोजगारीको खोजीमा वैदेशिक भूमिमा सेवा गर्न पुगेका सबै नेपालीलाई कला, ज्ञान र सीप सिकेर फर्की मरिमेटेर स्वदेशी माटोको सेवा गर्न अपिल गरेको छ । ‘विवाह एक कर्म अनेक’ गद्यलयमा आबद्ध त्रिचालीसौँ कविता हो । यसमा विवाहका प्रकार र प्रकृतिमाथि प्रकाश पारी यसको मर्म बुझेर सदा शान्ति र सन्तुष्टि लिई दाम्पत्य जीवन सुखमय तुल्याउन सल्लाह दिइएको छ ।
विवाहका सम्बन्धमा कवि सापकोटाको दृष्टि पुरातन महर्षिको प्रतीकात्मक अभिव्यक्ति बनेर यसरी प्रकट हुन पुगेको छ–
काँडाबीचको पूmल किन
हाँसेको हो रहस्य बुझ
विवाहको मर्म बुझ
बास्ना छर पुलले जस्तै
सच्चा जीवन बुझ्न
प्रकृतिको पुस्तक पढ
विवाहको एक कर्म
एक धर्मको मर्म बुझ
मरूभूमिको बिरूवा
जस्तै हाँस्न सिक
जीवन एउटा वास्नामय
पूmल हो जीवनमा केही गर ।
‘सम्झनामा शशिधर’ यस सङ्ग्रहमा सङ्कलित चौवालीसौँ कवितापुष्प हो । लोकलयमा संरचित यस कवितामा कविले आप्mना पिताका गरिमामय कार्य र सदुपदेशको स्मरण गरी उनीप्रति हार्दिक श्रद्धाभाव प्रकट गरेका छन् । यसैगरी, ‘बुद्ध दर्शन’ पैतालीसौँ क्रममा रहेको अर्को सुन्दर कविता हो । बुद्धका अजर अमर उपदेशको परिपालना गरी देशलाई विश्वसामु अझ परिचित तुल्याउन, आप्mनो जीवनलाई सार्थक तुल्याउन तथा राष्ट्रनिर्माणको महाभियानमा क्रियाशील हुन आग्रह गरिएको छ । कवि बुद्ध दर्शन कवितामा यसरी प्रस्तुत भएका छन्–
बुद्धको दर्शन मीठो
नेपाली मूलमन्त्र हो
विकास निर्माण हेर
नेपाली लोकतन्त्रको
बनाऊ सार्थक जीवन
बुद्धको दर्शन चिन
हत्या र हिंसा हुन्
पाप कुरा बुझ मन मन ।।
छयालीसौँ अनुक्रममा रहेको ‘पानी’ लोकलयमा आधारित छ । यसले पानीको सर्वोपरि मह¤वमाथि विशद् चर्चा प्रस्तुत गरेको छ । यस्तै, यस सङग्रहको सड्चालीसौँ क्रममा ‘गाउँ रजहर’ शीर्षकको कविता प्रस्तुत छ । यो लोकलयमा आबद्ध छ । यसमा रजहर र यस भेगको रीतिस्थिति, चालचलन, धर्मसंस्कृति, परम्परा, पर्यावरण, उद्योग, व्यवसाय आदिको सङ्क्षिप्त परिचय प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । ‘राष्ट्रिय जी. एम.’ यसमा सङ्कलित अड्चालीसौँ मुक्तलयमा रचिएको कविता हो । यसले सार्वजनिक पदमा बस्ने मान्छेले शक्ति र त्यसको दुरूपयोग गरी राष्ट्रिय सम्पत्तिको हिनामिना गर्ने प्रवृत्तिप्रति तिखो व्यङ्ग्य प्रहार गरेको छ । यस सङ्ग्रहको उन्पचासौँ लहरमा रहेका कविता हो ः ‘घरपरिवार’ । यसमा कविले आप्mना पारिवारिक सम्बन्ध र तिनको पृष्ठभूमिको परिचय प्रस्तुत गरेका छन् । ‘नेपाललाई केही गर’ यस सङ्ग्रहमा सङ्कलित पचासौँ लहरमा रहेको सुन्दर भावमय कविता हो । यसले नेपाल समाजमा विद्यमान कुरीति, अशिक्षा, हत्याहिंसा र अहिंसाप्रति असहमति प्रकट गर्दै यसलाई निमिट्यान्न पारेर शान्ति सुव्यवस्था, विकास र मानवताको मार्गमा चल्न अभिप्रेरित गरेको छ । ‘भानु आयौ यादमा’ एकाउन्नौँ क्रममा रहेको संस्मरणपरक कविता हो । यसमा कविले भानुको द्विशतवार्षिकी मनाइरहेको सन्दर्भ पारेर उनीप्रति अतिशय सम्मान प्रकट गरेका छन् । नेपालीलाई एक सूत्रमा उन्नमा सफल आदिकवि भानुलाई कविले वीर पुरूष शब्दद्वारा श्रद्धाभाव प्रकट गरेका छन् । उनका विचारमा आदिकवि भानुभक्तले राष्ट्रवादलाई उठाएर यसको पक्षमा अग्रसर हुन सबैलाई अभिप्रेरित गरेका हुन् । उनले गरेको रामायणको अनुवाद र यसबाट जनतामा परेको सकारात्मक छापको प्रशंसा गर्दै आप्mनो शब्दमा कवि यसरी प्रस्तुत भएका छन् –
मेलापात पँधेरो गाम् बेसी
घरमा रामायण घन्कियो
गोठाला खेताला नेपाल
शरहद सर्वत्र पाठै बन्यो ।
भाषा भाव सबै फिँजाई
देशमा सत्कर्म गर्नु ग¥यौ
जुगजुग भरमा सदा अमर छौ
भानु आयौ यादमा ।।
यस्तै यस सङ्ग्रहको पुछारको पातोमा ‘इच्छा कामना’ शीर्षकको लोकलयमा आबद्ध कविता प्रस्तुत छ । यसमा आद्य देवी मनोकामना भगवती र उनका प्रतापको वर्णन गरिएको छ । कवि देवीप्रति उच्च श्रद्धाभाव यसरी व्यक्त गर्दछन्–
तिम्रो नाम जपी पर्छु शरणमा
हे इच्छा कामना ठूली
इच्छा पूर्ण गर नेपालीहरुको
भक्तका मुख हेरी ।
हे देवी तिमी हौ विशाल
हृदयकी नेपाल तिम्रो घर
नेपाल धरती सदा अमर
होस् देवीको पाई वर ।।
यस प्रकार पूर्वीय वाङ्मयिक परम्पराअनुरुप सरस्वतीको आराधनाबाट कविता रचना गर्न आरम्भ गरी अन्त्यमा मनोकामना भगवतीसँग विद्या, वुद्धि, शक्ति, सौर्य आदि वर मागेर यस सङ्ग्रहको बिट मारिएको छ ।
प्रखर समालोचक डा. तुलसी भट्टराईले भनेझैँ यसमा आदर्श, नैतिकता, इच्छा, उपदेशभाव, पारिवारिकता र यस्तै अनेक प्रवृत्ति पाइन्छन् । खासगरी, यसमा ग्राम्य परिवेशको सघन चित्रण फेला पर्दछ । गरौँ खेती बाँसको, किसान, इन्द्रेणी, गरिबको झुपडी, कृषिकर्म, घर परिवार आदि यसखाले कविताहरुको कोटीमा पर्दछन् । यस्तै, यसमा राष्ट्रिय प्रकृतिको चित्रण गरिएका कविताहरुको आधिक्य रहेको छ । तिनमा प्रकृतिप्रति समर्पणभाव पाइन्छ । यी कविताहरुमा ज्यादा आञ्चलिकताको झल्को पाउन सकिन्छ । जल, जङ्गल, जमिन र ज्योति, गराँै खेती बाँसको, निमको गुन, मेरो गाउँ, रजहर, देवघाट आदि यस्ता प्रकृतिका कविताहरु हुन् । यसमा राष्ट्रप्रेम, मानवतावाद, तथा सेवाभाव पनि उत्तिकै सशक्त बनेर आएको छ । विचित्र नेपाल, मेरो हिमचुली, नेपाल गौरव, हाम्रो राम्रो झन्डा यो, गरौँ सेवा देशको आदि कवितामा यस्ता भावहरु अभिव्यञ्जित हुन पुगेका छन् । यसमा कृषि पेसा र कृषकहरुप्रति पनि अतिशय आदरभाव मुखरित हुन पुगेको छ । किसान, अनौँ र प्रजातन्त्र, कृषिकर्म आदि कवितामा यो भाव मुखरित हुन पुगेका छन् । यस्तै, यसमा राष्ट्रिय विभूतिप्रति असीम सम्मानभाव प्रकट गरिएको पनि छ । बुद्ध दर्शन, सम्झनामा लेखनाथ, भानु आयौ यादमा आदिमा यो भाव अभिव्यञ्जित हुन पुगेको छ । मूलतः मातापिता, मातृभूमि तथा कर्मभूमिप्रति अगाध आस्था तथा श्रद्धाभाव व्यक्त गर्नु यस सङ्ग्रहको खास विशेषता रहेको छ । यसमा व्यङ्ग्यविनोदभाव पनि मुखरित हुन पुगेकै छ । हाकिमको कलम, राष्ट्रिय जी. एम., खाजा पिजा आदि कवितामा यो भाव पाउन सकिन्छ । त्यस्तै सामाजिक, आर्थिक, राजनैतिक तथा सांस्कृतिक विकृति र विसङ्गतिप्रति कटाक्ष गर्दै यसमा सुधार परिष्कार गरिनु पर्ने धारणा राखिएको छ । खासगरी, विदेशमा बस्ने नेपालीहरुका आत्मरागहरु, पीडा र छटपटीहरु अनि राष्ट्रपतिको सुमधुर सम्झनाका तरङ्गहरु यसमा फेला पर्दछन् । न्यायपूर्ण समानता र स्वतन्त्रतायुक्त एवम् भेदभावरहित समाज स्थापनाका साथै श्रम र मानवीय जीवनप्रति पनि अगाध आस्था प्रकट गर्नु तथा ज्ञानार्थीहरुप्रति अर्ती, उपदेश प्रदान गर्नु यसका थप विशेषता हुन् ।
यस प्रकार समालोचक गोविन्दराज विनोदीले भनेझैँ समय–समयका काव्यिक अभिव्यक्ति पुञ्जहरुलाई हेर्दा कविमा भावनाको सरल प्रवाह र अनुभूतिको निश्छल पोखाइका रहरलाग्दा विशेषताहरु भेट्न सकिन्छ । उनका कुनै कविता किशोरावयका जिज्ञासुजस्ता, कुनै युवायामका जाँगरिला कुनै जोशिला छन् भने कुनै परिपक्व प्रौढजस्ता पनि छन् । यी कवितामा कुनै शास्त्रीय शार्दूलविक्रीडित छन्द तथा कुनै अनुष्टुप् छन्दका भाकाको अनुकरण पनि पाइन्छ भने कुनै गीतिलय वा लोकलयको बुनोटमा पनि देखिन्छन् । कुनै कविताचाहिँ मुक्तलयका पनि छन्, तर ती भाषाशैलीका दृष्टिले परिपक्व र प्रौढ छैनन् । भावप्रबलताका दृष्टिले भने यी ज्यादै मर्मस्पर्शी, सहज बोधगम्य एवम् सङ्ग्रहणीय छन् । म उहाँको अझ सफल र सशक्त काव्ययात्राको कामना गर्दै यस कृतिका निम्ति साधुवाद टत्र्mयाउँदछु ।
Discussion about this post