हु“दैन बिहान मिर्मिरेमा तारा झरेर नगए !
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए !!
नेपाली साहित्यका विशिष्ट कवि भूपि शेरचनले आजभन्दा पा“च दशकअघि लेखेका यी पंक्तिहरूको सान्दर्भिकता अहिलेसम्म कम हुन सकेको छैन । तर, यी पंक्तिहरूको मार्मिक भावप्रतिको उदासीनता भने बढ्दो क्रममा रहेको देखिन्छ । सहिदहरूप्रतिको सम्मानमा कतिसम्म गिरावट आइसकेको छ भने आज जो जसरी मरे पनि देशमा सहिद हुने संस्कार विकसित भैरहेको पाइन्छ । हिजोका दिनहरूमा पनि बहसको मुद्दा बनिरहेको सहिदको सन्दर्भ अझै पनि कम हुन नसकेको अवस्थाले यस कुरालाई
पुष्टि गर्छ ।
सप्ताहव्यापी सहिद दिवसको आज दोस्रो दिन हो । हिजो १० गतेबाट प्रारम्भ भएको सहिद सप्ताहलाई लिएर राज्य तथा गैर राज्यपक्षको सरोकार भने केवल औपचारिक रूपमा मात्र अघि आइरहेको छ, जुन आफै“मा विडम्बनापूर्ण स्थिति पनि हो । वि.सं. १९९७ को वर्षलाई प्रजातन्त्र प्राप्तिका लागि बलिदानपूर्ण वर्षका रूपमा उल्लेख गर्ने गरिन्छ, जसले तत्कालीन अवस्थामा परिवर्तनका लागि ठूलो भूमिका खेलेको कुराको इतिहास साक्षी छ । त्यस वर्ष चार सहिदहरू दशरथ चन्द, शुक्रराज, धर्मभक्त र गङ्गालाललाई राणाशासकहरूले क्रूर तरिकाले झुन्ड्याउ“दै तथा गोली ठोक्दै मारेका थिए । उनीहरूले जहानिया“ राणा शासनविरूद्ध गरेको सङ्घर्षकै कारण २००७ सालमा प्रजातन्त्रको स्थापना
भएको थियो ।
नेपालमा पछि गणतन्त्र आउनुमा पनि सहिदहरूले दिएको आहुति र प्रेरणाको ठूलो अर्थ रहेको छ, तर त्यसलाई आजसम्म सरकार तथा राजनीतिक दलहरूले आत्मसात् गर्न नसक्दा देशमा हाल विकट स्थिति उत्पन्न हु“दै गएको देखिन्छ । दोस्रो जनआन्दोलनताका दलहरूमा देखिएको भावना अहिले केवल सत्ता र शक्तिमा मात्र केन्द्रित रहन पुगेको छ । सहिदहरूले दिएको बलिदानलाई नेताहरूले आफूअनुकूल यसरी दुरुपयोग गर्दै अघि बढ्नुले निकै दुर्भाग्यपूर्ण अवस्थाको सिर्जना भैरहेको छ ।
देश र जनताका लागि सहिदहरूले दिएको बलिदानको अहिले खासै अर्थ रहेको नदेखिनु सहिदहरूप्रतिको ठूलो अपमानका रूपमा लिइनुपर्छ । सबै आ–आफ्ना दलीय आग्रह र पूर्वाग्रहहरूको पक्षपोषकका रूपमा अवतरित भैरहेको स्थितिलाई दृष्टिगत गर्दा देशको भविष्य खतरापूर्ण देखिन्छ । सहिद सप्ताहको यस पूर्वसन्ध्यामा राज्य यसप्रति तुरुन्तै गम्भीर हुनुपर्ने खा“चो छ, ताकि महान् सहिदहरूले देश र जनताका लागि दिएको बलिदान त्यत्तिकै खेर नजाओस् ।
Discussion about this post