ADVERTISEMENT
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

शव जलाउने दाउरामा पनि मूल्यवृद्धि

by चितवन पोष्ट
२०७० माघ ११, शनिबार ०३:५१ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

–बसन्त पराजुली
भरतपुर । पवित्र धार्मिक क्षेत्र देवघाटधाममा दाहसंस्कारका लागि प्रयोग गरिने दाउराको मूल्य बढी भएको गुनासो सर्वसाधारणको छ ।  देवघाट क्षेत्र विकास समितिले व्यवस्थापन गर्न थालेपछि दाउराको मूल्य बढाइएको हो ।
‘एउटा शव जल्न पुग्ने दाउराको मूल्य पहिला एक हजार ६ सय थियो । अहिले देवघाट क्षेत्र विकास समितिले यसको व्यवस्थापन गरेपछि यसको मूल्य बढाइएको छ’, भरतपुर नगरपालिका वडा नं. १ देवघाटकी गोदा सुवेदीले भनिन्, ‘अहिले एक चाङ दाउराको मूल्य दुई हजार पाँच सयभन्दा बढी लिने गरिएको छ ।’ पहिला सतनचुली सामुदायिक वनले देवघाटमा दाउरा बिक्रीवितरण गर्दै आएको थियोे । अहिले देवघाट क्षेत्र विकास समिति आफैले दाउरा बिक्री गर्न थालेको छ ।
‘वन उपभोक्ता समितिले दाउरा बिक्री गर्दा स्थानीयले किन्नै नपर्ने अवस्था थियो’, सुवेदीले गुनासो गर्दै थपिन्, ‘अहिले सबैले किन्नुपर्ने वाध्यता छ । त्यो रोकिनुपर्छ ।’
देवघाटमा देशका विभिन्न क्षेत्रबाट दाहसंस्कारका लागि शव ल्याउने गरिन्छ । दैनिक १५ वटासम्म शवको दाहसंस्कार गर्ने गरिएको छ । देवघाट क्षेत्र विकास समितिबाट दाउरा व्यवस्थापनमा खटिएका कर्मचारी यज्ञराज सुवेदीका अनुसार देवघाट ल्याइने शवहरुमध्ये आधाजसोले दाउरा खरिद गर्छन् ।
‘स्थल समाधि भन्दै केही गाडिन्छ । केहीलाई जल समाधिका नाममा नदीमा  बगाइन्छ । कसैले आफै दाउरा बोकेर आउँछन्’, सुवेदीले भने, ‘यस्तै दैनिक सात वटा जति शवका लागि दाउरा उपलब्ध गराउनुपर्ने वाध्यता छ ।’ एउटा शवका लागि चार क्वीटलका हाराहारीमा दाउरा खपत हुने बताइन्छ । सुवेदीको भनाइलाई आधार मान्ने हो भने देवघाटमा शव जलाउनमात्रै दैनिक २८ क्वीटलभन्दा बढी दाउरा खपत हुने गर्छ । यसरी खपत हुने दाउरा मागअनुसार पूरा गर्न नसक्दा पनि मूल्य बढाउनु परेको क्षेत्र विकास समितिको दावी छ ।
‘सामुदायिक वन आफैले उत्पादन गरेको दाउरा बिक्री गर्ने हो’, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक जयकृष्ण शर्माले भने, ‘खरिद गरी ल्याइएको दाउरा खरिदअनुसार बिक्री गर्नुपर्ने बाध्यता क्षेत्र विकास समितिलाई छ ।’ सामुदायिक वनले दाउरा बिक्री रोकेपछि आफूहरुले बिक्री केन्द्र चलाएको पनि उनले जनाए ।
‘हामीले दाउरा देवघाटको आवश्यकतालाई मध्यनजर गरेर बिक्री गरेका हाँै’, उनले भने । स्थानीय वासिन्दाहरुका लागि समितिले आधा मूल्यमा दाउरा बिक्री गर्ने व्यवस्था मिलाएको पनि उनले जनाए ।
दिनमै  २८ क्वीटलका हाराहारीमा दाउरा खपत हुन थालेपछि दाउराको माग पनि बढेको देखिन्छ । चितवनका सामुदायिक वनहरुका दाउराले नपुगेर अन्य छिमेकी जिल्लाहरुबाट समेत देवघाटले दाउरा खरिद गरिरहेको पाइएको छ । एक स्थानीय भन्छन्, ‘लाश जलाउनका लागि आवश्यक दाउराको सहज उपलब्ध हुने व्यवस्था हुनुपर्छ । दाउरा नपाउने, महङ्गो हुनेजस्ता सर्वसाधारणका गुनासोको पनि सुनुवाइ हुनुपर्छ ।’
समितिले पारदर्शी काम गरेन
देवघाट क्षेत्र विकास समितिले विकास निर्माणका काम गर्दा पारदर्शी रुपमा काम गर्न नसकेको सर्वसाधारणले बताएका छन् । क्षेत्र विकास समितिले गरेका विकासका काम र यसको पारदर्शीताका विषयमा आयोजित कार्यक्रममा सहभागीहरुले विकासमा हरेक काममा अनियमितता भएको बताए ।
क्षेत्र विकास समितिले पारदर्शी रुपमा काम नगर्दा करोडौँ बजेट केन्द्रबाट आए पनि काम प्रभावकारी हुन नसकेको उनीहरुले बताए । सहभागीहरुले क्षेत्र विकास समितिले देवघाटमा बाँदरको नियन्त्रण गर्नुपर्ने, राजनीतिक पूर्वाग्रही नबनी काम गनुपर्ने, विकास निमार्णका काममा सर्वसाधारणको पनि प्रतिनिधित्व गराइनुपर्ने, स्थानीयसँग समन्वय गरी खर्च पारदर्शी गर्नुपर्नेलगायतका काम तत्काल गर्न सुझाव दिए ।
कार्यक्रममा बोल्दै क्षेत्र विकास समितिका कार्यकारी निर्देशक जयकृष्ण शर्माले काम गर्ने प्रक्रियामा केही कमी कमजोरी भएको स्वीकार गर्दै अबका दिनमा सबैसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सबै सर्वसाधारणसँग सुझाव लिएर आगामी दिनमा अघि बढ्ने उनको भनाइ थियो । यस्तै देवघाट गाविसका पूर्वअध्यक्ष शिवराज पौडेलले क्षेत्र विकासका काममा अनियमिता भएको सत्य भएको बताउंदै सुधार गर्न जोड दिए ।

Related Posts

३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

महिलालाई व्यावसायिक बनाउन सीपमूलक तालिम

महिलालाई व्यावसायिक बनाउन सीपमूलक तालिम

घूस लिएको आरोपमा चितवनका तीन प्रहरी पक्राउ

घूस लिएको आरोपमा चितवनका तीन प्रहरी पक्राउ

Discussion about this post

अन‌ि यो पनि

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’
अर्थ

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

भरतपुर । भरतपुरका तीन जना युवाहरु मिलेर ब्लु ल्याडर बिल्डर्स एण्ड सप्लायर्स प्रालि स्थापना गरेका छन् । व्यावसाीिक तथा आवासीय...

Read more
३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

दीपज्योति सहकारीको २६ औँ वार्षिकोत्सव

दीपज्योति सहकारीको २६ औँ वार्षिकोत्सव

महिलालाई व्यावसायिक बनाउन सीपमूलक तालिम

महिलालाई व्यावसायिक बनाउन सीपमूलक तालिम

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In