भरतपुर । लुम्विनी राष्ट्रिय च्याम्पियनसीप २०७० अन्तर्गत राष्ट्रिय ‘फुलकन्ट्याक’ कराँते प्रतियोगिता हुने भएको छ । माघ १२ र १३ गते चितवनमा हुने प्रतियोगितामा पाँचवटा क्षेत्रीय टिम र सेनाको विभागीय टोली गरी ६ टिमका ५३ जना खेलाडी सहभागी हुनेछन् ।
प्रतियोगिता पुरुष÷महिला ५० केजी तौल समूह, पुरुष÷महिला ६० केजी तौल समूह र पुरुष खुला तौल समूह गरी तीन समूहमा खेलाइने छ । प्रतियोगिताको लागत खर्च आठलाख अनुमान गरिएको फुलकन्ट्याक कराँते महासंघका कोषाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।
Discussion about this post