ADVERTISEMENT
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

कांग्रेसमा तीन नेताको टक्कर

by चितवन पोष्ट
२०७० माघ ११, शनिबार ०३:३० गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

    काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीभित्र अन्तिम समयसम्म आफू सहमतिको प्रयासमा रहेको र केही लागेन भने संसदीय दलको नेतामा उम्मेद्वारी दिने विचारमा रहेको बताउनुभएको छ ।
आज नयाँ बानेश्वरमा डाक्नुभएको नेपाली काँग्रेसका सभासद्को भेलामा नेता देउवाले आफूले पार्टीभित्र सहमतिको लागि अन्तिम प्रयास गर्ने र केही लागेन भने मात्रै निर्वाचन लड्ने सोच भएकाले सहयोग गर्न सभासद्हरुलाई आग्रह गर्नुभयो ।
“सहमति भनेको सम्झौता पनि हो, यसमा पार्टीको विधान बाधक बन्न सक्दैन”–नेता देउवाले भन्नुभयो । आफूले यही पद चाहिन्छ भनेर नभनेको तर पार्टीमा काम गर्दा भूमिका आवश्यक रहेको भन्दै नेता देउवाले संविधान बनाउन देशमा सबैको सहमति लिन आवश्यक छ र त्यसको लागि पार्टीभित्र सहमति र एकता जरुरत पर्दछ भन्नुभयो ।
काँग्रेस संसदीय दलको नेताको निर्वाचनको कार्यतालिका पार्टीले प्रकाशन गरिसकेको छ । दलको नेता चयनको लागि आइतबारको लागि निर्वाचनको समय तोकिएको छ । शनिबार उम्मेद्वारी मनोनयन दर्ता गर्ने समय तोकिएको छ ।
दलको नेता नै प्रधानमन्त्री हुने काँग्रेसको विधानमा लेखिएकाले दलको नेताको लागि पार्टी सभापति कोइराला, वरिष्ठ नेता देउवा र उपसभापति रामचन्द्र पौडेल तीनजना आकाङ्क्षी देखिनुभएको छ ।
उहाँहरुबीच यसअघि सहमतिको लागि पटकपटक प्रयास भएपनि अझै सहमति हुन नसकेपछि तीनै नेताले केही दिनयता पार्टीका सभासद्लाई बेग्लाबेग्लै भेला गरेर तथा समूह र एक्लै पनि भेटेर आफूलाई सहयोग गर्न आग्रह गर्दै आउनुभएको छ ।
पार्टी सभापति सुशील कोइरालाले यसपटक राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति आफ्नो अनुकूल रहेकाले सहयोगका लागि आग्रह गर्नुभएको छ भने उपसभापति पौडेलले पनि अघिल्लो संविधानसभामा संसदीय दलमा खेलेको भूमिका तथा आफूले पार्टीमा दुःख गरेकाले सरकारको नेतृत्वको लागि चाहना राख्दै आउनुभएको छ । नेता देउवाले पनि पार्टीमा सरकारको नेतृत्व वा कार्यबाहक सभापतिको लागि चाहना राख्नुभएको बताइएको छ ।
आजको भेलामा वरिष्ठ नेता देउवाले संविधान संशोधन गरेर प्रधानन्यायाधीशलाई समेत मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको दृष्टान्त दिँदै सहमतिको लागि पार्टी हितका लागि कुनै पनि कुरा बाधक नहुने र पार्टीको विधान पनि बाधक नहुने धारणा राख्नुभयो । “म पनि जुँगाको रेखी बसेदेखि नै लड्दै आएको, हो पञ्चायत व्यवस्था र राजा ज्ञानेन्द्रविरुद्ध लडेको हो, संयुक्त सरकार चलाएको तथा विगतमा पटकपटक प्रधानमन्त्री भएको अनुभव छ, मूल कुरा सहमतिको लागि नेतृत्वमा इच्छाशक्ति आवश्यक छ”– नेता देउवाले भन्नुभयो ।
यसैबीच, सभापति कोइराला, वरिष्ठ नेता देउवा र उपसभापति पौडेलबीच नेतृत्व चयनका लागि सहमति जुटाउन आज साँझ सभापति कोइराला निवास महाराजगञ्जमा छलफल भएको छ ।
पार्टीभित्र आन्तरिक शक्ति सन्तुलन कायम गरी सर्वसम्मत र एकतापूर्ण ढङ्गले नेता चयन गरेर संविधानसभामा जाँदा पार्टीको छवि र सन्देश राम्रो जाने भएकाले सहमति जुटाउन त्रय नेताबीच छलफल भएको बुझिएको छ । रासस

Related Posts

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

प्रधानमन्त्री बन्न हतार छैन : देउवा

प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलिदेखि

प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलिदेखि

पर्यटन क्षेत्रले फड्को मार्छ : पर्यटनमन्त्री ढकाल

पर्यटन क्षेत्रले फड्को मार्छ : पर्यटनमन्त्री ढकाल

Discussion about this post

अन‌ि यो पनि

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा
राजनीति

प्रधानमन्त्री बन्न हतार छैन : देउवा

काठमाडौं २२ फागुन । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको बताएका छन्। वीपी...

Read more
नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

आइतबार ‘कोभिसिल्ड’ लगाउँदै प्रधानमन्त्री ओली

लक्ष्मीनारायणको हराएको मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

लक्ष्मीनारायणको हराएको मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

नागरिकता ऐन पारित गर्न माग

नागरिकता ऐन पारित गर्न माग

प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलिदेखि

प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलिदेखि

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In