ADVERTISEMENT
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

परीक्षाको मुखमा विद्यालय बन्द

by चितवन पोष्ट
२०७० माघ १०, शुक्रबार ०३:०३ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । शैक्षिकसत्रको अन्त्य हुन लागेको छ । अब विद्यालयस्तरका अन्तिम परीक्षाहरु पनि नजिकिँदै छन् । यस्तो बेलामा शिक्षकहरु विद्यार्थीहरुलाई पढाउन ध्यान दिनुपर्ने हो उत्कृष्ट नतिजाका लागि, तर चितवनका शिक्षकहरु भने विद्यालय बन्द गराएर विद्यार्थीहरुको पढाइप्रति पटकपटक खेलवाड गर्दै आएका छन् ।
पटक–पटक विद्यालय बन्द गर्दै आइरहेको नेपाल संस्थागत विद्यालय शिक्षक युनियन नेपाल इस्टुले बिहीबारदेखि चितवनका निजी विद्यालयहरु बन्द गराएको छ । यसअघि पनि विभिन्न समयमा तीनपटक विद्यालय बन्द गराएको युनियनले बिहीबारदेखि फेरि जिल्लाका संस्थागत विद्यालयहरु बन्द गराएको हो । प्याव्सनसँग गरिएका पूर्वसहमति कार्यान्वयन नभएको भन्दै नेपाल (नेपाल इस्टु) चितवनले विद्यालय बन्द गरेको हो ।
जिल्ला शिक्षा कार्यालयको रोहवरमा प्याब्सनसँग भएको १८ प्रतिशत तलब वृद्धि र एक हजार महँगी भत्ता उपलब्ध गराउनुपर्ने सम्झौता लागू नभएको भन्दै नेपाल इस्टुले चितवनका निजी विद्यालयहरू अनिश्चितकालीन बन्दको घोषणा गर्नु परेको जनाएको छ ।
गत असोज ५ गते नेपाल इस्टु र प्याव्सन चितवनबीच ४ बुँदे सहमति भएको थियो । जसमा सरकारले आर्थिक वर्ष २०७०÷०७१ को बजेटमा सरकारी विद्यालयका शिक्षक तथा निजामती कर्मचारीहरुको १८ प्रतिशत तलब वृद्धि तथा एक हजार रूपैयाँ महँगी भत्ता दिने व्यवस्था बमोजिम तलब दिइने नयाँ तलब पौष मसान्तसम्म कार्यान्वयन गर्ने सहमति भएको थियो । उक्त सहमतिका कुनै पनि बुँदा कार्यान्वयन नभएको युनियनका चितवन अध्यक्ष विष्णुबहादुर भुजेलले बताए ।
माग पूरा नभएसम्म कुनै हालतमा बन्द फिर्ता नलिने उनले बताए । पटकपटक संस्थागत सहमति कार्यान्वयनको लागि प्याव्सनको मुख ताक्दा सहमति कार्यान्वयन नभएका कारण बन्दजस्तो आन्दोलनको बाटो अपनाउनु परेको उनले बताए ।
नेपाल इस्टु चितवनको बन्दका कारण चितवनका डेढ सयभन्दा बढी विद्यालयका सात हजार बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

Related Posts

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

संरक्षक नै गुमाएपछि…

संरक्षक नै गुमाएपछि…

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

Discussion about this post

अन‌ि यो पनि

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग
राजनीति

कांग्रेसद्वारा सिंहका हत्यारालाई कारबाहीको माग

काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिस्ट पार्टी...

Read more
चितवनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

चितवनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In