नारायणगढमा कृषि यान्त्रीकरण प्रदर्शनी

अन‌ि यो पनि

भरतपुर । कृषि उत्पादन आधुनीकरणतर्फ उन्मुख हँुदै गएका बेला यसलाई थप व्यवसायी र आधुनिक बनाउनका लागि कृषि यान्त्रीकरणमा जोड दिइएको छ । बढ्दो वैदेशिक रोजगारीका कारण युवा शक्ति पलायन हुँदै जान थालेपछि कृषि उत्पादनलाई घट्न नदिन  कृषिमा यान्त्रीकरणको आवश्यकता महसुस गरिएको हो ।
यही आवश्यकतालाई मध्यनजर गर्दै कृषि यान्त्रीकरणका बारेमा जानकारी दिन फागुन ९ गतेदेखि नेपालमै पहिलो पटक नारायणगढमा प्रथम राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी गरिएको छ । चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा कृषिका लागि आवश्यक यान्त्रीकरणहरुका बारेमा प्रदर्शन तथा सर्वसुलभ रूपमा बिक्री वितरण गरिने व्यवस्था मिलाइएको छ ।
प्रदर्शनीमा १०० वटा वितरकहरू सहभागी हुने बिहीबार नारायणगढमा पत्रकार सम्मेलनको अयोजना गरी जानकारी दिइयो । कृषि विभागअन्र्तगतका कृषि इन्जिनियरिङ्ग निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषद कृषि इन्जिनियरिङ महाशाखा र उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रको संयुक्त आयोजनामा प्रर्दशनी हुन लागेको हो ।
जिल्ला कृषि विकास कार्यालय चितवन, जिल्ला पशु सेवा कार्यालय चितवन, चितवन मकैबाली अनुसन्धान कार्यक्रम र उद्योग वाणिज्य संघ चितवनको सहकार्यमा प्रदर्शनी हुनेछ ।
‘बढ्दो वैदेशिक रोजगारले कृषि श्रमिकको संख्या घट्दै गएपछि कृषि उत्पादनका लागि नयाँ–नयाँ उपकरणहरु आवश्यक छ’, कृषि विभाग कृषि इन्जिनियरिङ निर्देशनालयका निमित्त कार्यकारी निर्देशक मधुसुदनसिंह बस्नेतले भन्नुभयो, ‘कृषि यान्त्रीकरणको प्रवद्र्धनका लागि प्रदर्शनी गर्न लागिएको हो ।’
स्वदेशी तथा विदेशी गरी ५०० वटा कृषि औजार यन्त्र प्रदर्शनीमा राखिन्छ । प्रदर्शनीका लागि १८ लाख खर्च हुने अनुमान गरिएको छ । नारायणी नदी किनारमा आयोजना गर्न लागिएको सो प्रदर्शनीमा सय स्टल छ । फागुन ९ गतेदेखि चार दिनसम्म चल्ने प्रदर्शनीमा उत्पादन तथा उत्पादकत्व वृद्धि गरी खाद्य सुरक्षामा टेवा पु¥याआंै भन्ने नारालाई प्राथमिकता दिइएको छ ।
प्रदर्शनीका सहआयोजकमा जिल्ला कृषि विकास कार्यालय चितवन, जिल्ला पशु सेवा कार्यालय चितवन, मकैबाली अनुसन्धान कार्यक्रम र उद्योग वाणिज्य संघ चितवन रहेका छन् ।  प्रदर्शनी सहआयोजक संस्था उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीले प्रदर्शनीले समग्र चितवनको कृषि उत्पादन र व्यवसायिकतामा सहयोग पुग्ने बताउनुहुन्छ । ‘चितवनका कृषि जन्य उत्पादनको ब्यवसायीकता र आधुनिकतामा यो प्रर्दशनीले सहयोग पुग्ने विश्वास लिएका छौ’, उहाँले भन्नुभयो ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया