भरतपुर । भरतपुर—१,रामनगरमा रहेको स्पन्दन राइस मिलमा बुधबार बिहान आगलागी भएको छ ।
देवराज थपलियाले सञ्चालन गरेको राइस मिलमा आगलागी हु“दा ४० लाख रूपैया“ बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागी भएको २ घण्टापछि स्थानीय, प्रहरी र वारूणयन्त्रबाट आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मिलमा रहेका मेसीन, धान, चामल, फर्निचरलगायतका सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आगलागीको कारण स्पष्ट नखुलेपनि विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको प्रहरीले जानकारी दिएको छ । पछिल्लो समयमा लोडसेडिङका कारण देशभर आगलागीका घटनाहरु बढ्दै गएको छ । दिउ“सोको समयमा विद्युत् आपूर्ति भएका सामानहरुको स्वीच अफ गर्न बिर्सदा आगलागीको घटनाक्रम बढ्दो बढेको पाइएको प्रहरीले जनाएको छ ।
Discussion about this post