काठमाडौँ । ज्ञानअज्ञात सहिदको स्मृतिमा बिहीबार ‘सहिद सप्ताह’ सुरू भएको छ । देशमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनका क्रममा विभिन्न सहिदले जीवनको बलिदान गरेको स्मरणमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ मनाउने गरिन्छ । काठमाडौँ महानगरपालिकाले यस वर्ष पनि सप्ताह मनाउनका लागि मूल समारोह समिति गठन गरी विभिन्न कार्यक्रम तय गरेको छ ।
Discussion about this post