ADVERTISEMENT
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

बेवारिसे शव उठाऊ

by चितवन पोष्ट
२०७० माघ ८, बुधबार ०३:५२ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

चितवनमा फेरि बेवारिसे शव व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । भरतपुर अस्पतालको शवगृहमा बेवारिसे शवको चाङ लाग्दासमेत त्यसको व्यवस्थापन हुन नसक्दा अस्पताल दुर्गन्धित बनेको छ । भरतपुर अस्पतालमा अहिलेसम्म १९ वटा बेवारिसे शव जम्मा भैसकेको छ । तर, भरतपुर नगरपालिकाले बजेट नदिँदा क्षमताभन्दा बढी शव कोचेर राख्नुपर्ने अवस्था छ । यसका कारण अस्पतालको दैनिक सेवा सञ्चालनमा मात्रै होइन, शवको पोस्टमार्टम गर्नसमेत चिकित्सकहरुलाई अप्ठ्यारो परिरहेको छ । विगतमा बेवारिसे शवको सद्गत गर्ने जिम्मा भरतपुर नगरपालिकाले लिएको थियो । तर, गत पुस २३ गते नगरपालिकाले शव व्यवस्थापनका लागि खर्च गर्न नसक्ने व्यहोराको पत्र भरतपुर अस्पताललाई पठाएपछि शव व्यवस्थापनमा समस्या आएको हो । शव व्यवस्थापन आफ्नो क्षमताबाहिर रहेको भन्दै गत साउनमै भनपाले सर्वपक्षीय भेलामार्फत समस्या निराकरण गर्न समिति गठन गरेको थियो । तर, समितिले शव व्यवस्थापनबारे कुनै पनि काम गर्न सकेको छैन ।
सडक दुर्र्घटना, उपचार क्रममा वा अन्य कारणले मृत्यु भई नाम–थर तथा आफन्तको ठेगाना खुल्न नसकेको शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिन्छ । शवको जिम्मा लिन कोही नआएपछि केही समयपछि बेवारिसे शवको नगरपालिकाले सद्गत गर्दै आएको थियो । तर, विकास निर्माणमा खर्च गर्नुपर्ने रकम शव व्यवस्थापनमा खर्च गर्न नसकिने भन्दै नगरपालिकाले भेलामार्फत बजेट नदिने निर्णय गरेको थियो । अघिल्लो आर्थिक वर्षमा नगरपालिकाले ११० वटा शव व्यवस्थापन गरे पनि यस आर्थिक वर्षमा बजेट कटौती गरेको थियो । भरतपुर अस्पतालमा मासिक २० वटासम्म शव संकलन हुन्छ । एउटा शव व्यवस्थापनका लागि करिब पाँच हजार रूपैयाँ खर्च लाग्छ । शव व्यवस्थापनका लागि वार्षिक पाँच लाख रूपैयाँको बजेट आवश्यक पर्छ । करिब एक अर्बको वार्षिक बजेट सार्वजनिक गर्ने नगरपालिकाले शव व्यवस्थापनका लागि दिँदै आएको बजेट कटौती गर्नु न्यायसंगत देखिएको छैन ।
स्थानीय स्वायत्त शासन ऐनमा बेवारिसे शवको सद्गत नगरपालिकाले गर्ने स्पष्ट व्यवस्था छ । सो ऐनको दफा ९३ को उपदफा ‘ढ’ मा वडाभित्र कुनै असहाय वा बेवारिसे व्यक्तिको मृत्यु भएमा निजको दाहसंस्कारको व्यवस्था नगरपालिकाले गर्ने उल्लेख छ । तर, शव व्यवस्थापनका लागि भरतपुर नगरपालिकाले पनि बजेटको व्यवस्था गर्नुपर्ने नगरपालिकाको माग रहँदै आएको छ । ऐनमा व्यवस्था भएअनुसार भरतपुर नगरपालिकाले नै शव व्यवस्थापनका लागि जिम्मेवारी लिनुपर्छ । उसले बजेट अभाव देखाएर जिम्मेवारीबाट हट्नु हुँदैन । तर, भरतपुर अस्पतालले पनि दीर्घकालीन समस्या समाधानका लागि सरोकारवाला निकायसँग समन्वय गरी यथाशीघ्र शव व्यवस्थापन गर्नुपर्छ । शव सडेर वातावरण दुर्गन्धित हुँदासमेत शव व्यवस्थापनबारे समाधान नखोज्नु अस्पताल प्रशासनको कमजोरी हो । नगरपालिकाले बजेट कटौती गरिसकेपछि वैकल्पिक समाधानका उपायहरु अवलम्बन गर्न नसक्नु अस्पतालको लाचारीपन हो । समस्या निराकरण गर्न गठित समितिले बेवारिसे शव उठाउन पहल गर्नु जरूरी छ ।

Related Posts

Chitwan Post

सर्वोच्चको स्वागतयोग्य निर्णय

Chitwan Post

बहुप्रतीक्षित मेलम्ची

Chitwan Post

मातृभाषाहरु सङ्कटमा

Discussion about this post

अन‌ि यो पनि

छतबाट लडेर एक विद्यार्थीको मृत्यु
समाज

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज छतबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको...

Read more
अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

खोपले काम गरेन, भटाभट मरे कुखुरा

खोपले काम गरेन, भटाभट मरे कुखुरा

काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

नारायणगढ–बुटवल सडक : निर्माण भए २२ कल्भर्ट

नारायणगढ–बुटवल सडक : निर्माण भए २२ कल्भर्ट

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In