ADVERTISEMENT
९ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
९ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

गैँडाकोट ढोडेनीमा मावि आवश्यक

by चितवन पोष्ट
२०७० माघ ८, बुधबार ०३:४६ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

गैंडाकोट । गंैडाकोट–३ ढोडेनीकी ११ वर्षीया करिस्मा आलेमगर अहिले  त्यहाँको श्रीकृष्ण निमाविमा पढ्छिन् । नजिकै विद्यालय भएर अहिलेसम्म त सजिलो भएको छ उनलाई । कक्षा ८ मा पढ्ने उनीलाई जिल्लास्तरीय परीक्षा कसरी पास गर्नेभन्दा पनि पास भएपछि कुन स्कुल पढ्न जाने र कसरी जाने भन्ने चिन्ताले सताउन थालेको छ ।
‘अहिलेसम्म त नजिकै पढ्न पाइएको छ’, उनले भनिन्, ‘अब यहाँबाट पास भएपछि कहाँ जाने भन्ने समस्या छ, नजिकै स्कुल नै छैन ।’ कक्षा ८ सम्मको पढाइ नजिकै भए पनि त्यसभन्दा माथिको पढाइको लागि कि त गैँडाकोट आउनुपर्ने हुन्छ कि त कालिगण्डकी पारी तनहुँ जानुपर्ने हुन्छ ।
करिस्मा त प्रतिनिधि पात्रमात्र हुन् उनीजस्ता विद्यार्थीहरुले यही समस्याले पिरोलिरहेका छन् । सोही विद्यालयमा पढ्ने सन्तोष थापामगरलाई सकेसम्म त उच्च शिक्षा नै पढ्न मन छ, तर उनको व्यथा पनि उस्तै छ । ‘आर्थिक अवस्था पनि कमजोर छ’, उनले भने, ‘नजिकै विद्यालय छैन्, टाढा बसेर पढ्न सम्भव देखिँदैन । यहाँ मावि अति आवश्यक छ ।’
नवलपरासी जिल्लाको सुगम गाविस हुनुका साथै मध्य नेपालको व्यापारिक केन्द्रको नजिकै रहेको गैँडाकोटको ढोडेनीको यो समस्यालाई समाधान गर्नेतर्फ भने कसैले चासो नदिएको यहाँका स्थानीयहरु गुनासो गर्छन् । सोही गाविसका राजमार्ग छेउका बालबालिकाहरु टाइ र जुत्तासहित सुकिला कपडामा टिफिन लिएर स्कुल बसमा विद्यालय पढ्न जाँदा ढोडेनीका यी बालबालिकाले आफ्नै घरको आँटो खाएर विद्यालय जान्छौँ व्यवस्था मिलाई दिनूस् भन्दा पनि कसैले सुनुवाइ नगरेको स्थानीय बद्रिप्रसाद रिमाल बताउँछन् ।
‘आठ कक्षापछि नौ कक्षा पढ्न जान हाम्रा बालबालिकालाई मुस्किल  छ’, उनले भने, ‘गाउँमा नै आठ कक्षाभन्दा माथिको कक्षा नहुँदा र तल बजारमा झरेर पढ्नका लागि घरको स्थिति नमिल्ने भएकाले धेरैले त बीचैमा पढाइ छोड्न समेत बाध्य छन् ।’ रिमालसँग आफ्नो पढाइलाई यही समस्याले निरन्तरता दिन नपाएको तीतो अनुभवसमेत छ ।
अहिले पनि विद्यालयको वार्षिक तथ्याङ्क हेर्ने हो भने हरेक वर्ष ४० भन्दा माथि विद्यार्थीहरु ८ कक्षा पास गरेका छन् । कोही आफन्तकहाँ बसेर पूर्व–पश्चिम राजमार्गनजिकै रहेको जनक र कालिका स्कुलमा पढ्न आउँछन भने कोही डेढ घण्टाको पैदल हिँडेर तनहुँको कोठामा रहेको विद्यालयसम्म पुग्छन कति त त्यही बाख्रा चराएर हिँड्छन ।
विद्यालयका प्रधानाध्यापक सूर्यनाथ तिवारी विद्यालयमा माध्यमिक तहको कक्षा सञ्चालनको लागि प्रयास भएको बताउँछन् ।

Related Posts

साहूबाट चर्को व्याजदरमा ऋण लिने चलन हट्दै

गैँडाको आक्रमणबाट निधन भएका परिवारलाई राहत

कोरोना भाइरसबाट ३ करोड ७८ लाख संक्रमित, १० लाख ८२ हजार बढीको मृत्यु

नेपालमा थपिए ३०२ जना नयाँ संक्रमित

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

Discussion about this post

अन‌ि यो पनि

विद्यालयलाई युथ क्लबको सहयोग
प्रमुख समाचार

६ महिनामा २१ प्रतिशत मात्र जिल्लाको विकास खर्च

चितवन, ९ माघ । जिल्लामा विकास निर्माणका लागि संघीय सरकारबाट विनियोजित बजेट अपेक्षाकृत रुपमा खर्च हुन सकेको छैन । चालु...

Read more
साहूबाट चर्को व्याजदरमा ऋण लिने चलन हट्दै

गैँडाको आक्रमणबाट निधन भएका परिवारलाई राहत

कोरोना भाइरसबाट ३ करोड ७८ लाख संक्रमित, १० लाख ८२ हजार बढीको मृत्यु

नेपालमा थपिए ३०२ जना नयाँ संक्रमित

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

भारतमा कोभिड–१९ को कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In