भरतपुर । चितवनको भरतपुर ओरालोमा रहेको श्रीसत्य साही मोटरसाइकल शोरूममा मंगलबार बिहान आगलागी हुँदा साढे चार लाख बराबरको क्षती भएको छ । भरतपुर नगरपालिका १० मा रहेको शोरूममा विद्युत सर्ट भई आगलागी भएको बताइएको छ ।
आगलागीबाट शोरूममा रहेकामध्ये सातवटा मोटरसाइकलमा क्षति पुगेको प्रहरीले जनाएको छ । बिहान पाँच बजे सुरू भएको आगलागीलाई नजिकै रहेको भरतपुर नगरपालिकाको बारूणयन्त्रले समयमै नियन्त्रणमा लिएकाले थप क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
Discussion about this post