नारायणी फुटबल विजयी

अन‌ि यो पनि

नारायणगढ । नारायणगढमा जारी रेडबलु जिल्ला लिग फुटबल प्रतियोगिता–२०७० अन्तर्गत मंगलबार भएको पहिलो खेल बराबरीमा टुङ्गिएको भने दोस्रो खेलमा नारायणी फुटबल क्लब लीलाचोक विजयी बन्यो । न्यूस्टार क्लब जुगेडी र पटिहानी खेलकुद परिषद्ले निर्धारित समयमा ३–३ गोल गरेपछि खेल बराबरीमा सकिएको हो । बराबरीसँगै दुवै टिमले अंक बाँडेका छन् ।
पटिहानीका तर्फबाट मिलन तामाङले ह्याटरिक गरेपनि टिमलाई जित दिलाउन सकेनन् । जुगेडीका लागि अमिर गुरूङ, रामबहादुर थापा र सौगात गुरूङले एक–एक गोल गरे । समूह ‘डी’मा रहेका यी दुवै टोली अंकतालिकामा पटिहानी दोस्रो र जुगेडी अन्तिम स्थानमा रहेको छ । एक खेल जितिसकेको नारायणगढ फुटबल क्लब समूहको शीर्ष स्थानमा रहेको छ । समूहको बिजेता टोली सिधै माघ ११ गते हुने सेमिफाइनलमा प्रवेश गर्नेछ ।
प्रतियोगितामा सेमीफाइनल पुग्ने पहिलो टोली समूह ‘सी’ भरतपुर फुटबल क्लब बनिसकेको छ ।  दोस्रो खेलमा नारायणी फुटबल क्लवले रोड्स रामपुरलाई ३–३ गोल अन्तरले पराजित गर्दै सान्त्वना जित दर्ता ग¥यो । यी दुवै टोली समूह चरणबाटै बाहिरी सकेका छन् । नारायणीका लागि सुमन मगर, अभिषेक पिया र राजकुमार घिमिरेले एक–एक गोल गरे ।  चितवन जिल्ला फूटबल संघको आयोजनामा माघ १३ गते सम्म चल्ने प्रतियोगितामा जिल्लाका १२ टिमले सहभागिता जनाएका छन् ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया