पाठेघरको क्यान्सर परीक्षण

अन‌ि यो पनि

भरतपुर । समुदाय स्तरबाट क्यान्सरका बिरामीको खोजी गर्ने उद्देश्यले चितवनमा क्यान्सर परीक्षणको अभियान सुरू भएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र नेपाल अर्बुद्ध रोग निवारण संस्था चितवनले संयुक्त रूपमा जिल्लामा क्यान्सरका बिरामीको खोजी कार्य सुरू गरेको हो ।
अभियानअन्तर्गत समुदायस्तरमै गई स्थानीय बासिन्दाहरुको आवश्यक स्वास्थ्य परीक्षण गरिन थालिएको छ । अभियानको पहिलो दिन सोमबार भरतपुर नगरपालिका वडा नं. ११ को गणेशथानमा स्थानीय महिलाहरुको पाठेघरको क्यान्सरको परीक्षण गरिएको छ ।
‘क्यान्सर रोगको पहिचान गर्नका लागि यो कार्य थालनी भएको हो’, नेपाल अर्बुद्धरोग निवारण संस्था चितवनका अध्यक्ष दिनेशकुमार चुकेले भने, ‘यो कार्य चितवनका ग्रामीण क्षेत्रमा समेत गरिनेछ ।’ रोग लागेको सुरूमै थाहा भएमा उपचारबाट उसलाई बचाउन सकिने चिकित्सकहरुले बताएका छन् ।
यो अभियानले क्यान्सर रोगका बारेमा समेत जनचेतना जगाउने संस्थाका अध्यक्ष चुकेले बताए । यो अभियानअन्तर्गत चितवनका विकट पहाडी क्षेत्रदेखि पूर्विचितवन र पश्चिम चितवनका विभिन्न क्षेत्रमा पुगी सर्वसाधरणको स्वास्थ्य परीक्षण गरिने कार्यक्रम रहेको छ ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया