काठमाडौँ । प्रेस काउन्सिल नेपालले हिमालय टेलिभिजन नेटवर्क प्राइभेट लिमिटेडद्वारा सञ्चालित ‘हिमालय टेलिभिजन’लाई चितवन मेडिकल कलेज प्राइभेट लिमिटेडका बारेमा कुनै पनि सामग्री प्रसारण नगर्न निर्देशन दिएको छ ।
काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीद्वारा आज जारी विज्ञप्तिमा सो विषयमा काउन्सिलले कारबाहीको प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै कलेजका तर्फबाट सार्वजनिक सूचना जारी नगर्न समेत निर्देशन दिइएको जनाइएको छ । रासस
Discussion about this post