नारायणगढ । नारायणगढमा जारी रेडबलु जिल्ला लिग फुटबल प्रतियोगिता–२०७० अन्तर्गत सोमबार भएको पहिलो खेल बराबरीमा टुङ्गिएको छ । नारायणगढको क्याम्पाचौरमा भएको पहिलो खेलमा युवा कल्याणकारी समाज शक्तिखोर र वीरेन्द्रनगर पुन समाजले कुनै पनि गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको हो ।
प्रतियोगिताको दोस्रो खेलमा गीतानगर फुटबल क्लब विजयी भएको छ । एक पक्षीय रूपमा हावी भएको गीतानगरले अमिला फुटबल क्लबलाई ४–० ले पराजित ग¥यो । गीतानगरका लागि आकाश थापामगर र निजर गोदारले दुई–दुई गोल गरे ।
प्रतियोगिता अन्तर्गत आज मंगलबार पनि दुई खेलहरु हँुदैछन् । पहिलो खेलमा बिहान साढे १२ बजे न्यूस्टार क्लब जुगेडी र पटिहानी खेलकुद परिषद्बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल दिउ“सो साढे २ बजे रोड्स रामपुर र नारायणी फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ । चितवन जिल्ला फूटबल संघको आयोजनामा माघ १३ गते सम्म चल्ने प्रतियोगितामा जिल्लाका १२ टिमले सहभागिता जनाएका छन् । चार समूहमा विभाजन गरिएको प्रतियोगितामा प्रत्येक टिमले दुई खेल खेल्न पाउने छ ।
Discussion about this post