भरतपुर । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नारायणगढले सोमबार उद्योग वाणिज्य संघ—चितवनका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ ।
उवासंघ—चितवनका नया“ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सो केन्द्रका बह्मकुमार र बह्मकुमारीहरुले टिका, माला, खादा र भगवानको फ्रेमसहितको तस्बिर दिएर सम्मान गरेका थिए । सो अवसरमा केन्द्रका मुख्य सञ्चालिका लक्ष्मी दिदीले समाजमा आफ्नो छुट्टै पहिचान बनाएका व्यवसायीहरुलाई आध्यात्मिकतामा लागेर आफ्नो जीवनलाई अझै सुन्दर बनाउन आग्रह गर्दै तनावबाट मुक्तिका लागि ध्यान र राजयोग प्रभावकारी हुने जानकारी दिइन ।
उवासंघ—चितवनका अध्यक्ष कल्याण जोशीले सु—संस्कृत र सभ्य समाज निर्माणका लागि राजयोगका माध्यमबाट बह्मकुमारी राजयोग सेवा केन्द्रले दिइरहेको योगदानको प्रशंसा गर्दै उवासंघ—चितवनपनि सामाजिक तथा व्यवसायिक उन्नति र प्रगतिका लागि क्रियाशील रहेकाले एकअर्कामा हातेमालो गर्दै अगाडि जान सकिने स्पष्ट पारे ।
Discussion about this post