भरतपुर । आगामी माघ ११ गते हुने राष्ट्रिय खोप दिवसलाई सफलताका साथ सम्पन्न गर्न र नेपाललाई पोलियोमुक्त बनाउने अभियानमा आफूहरु क्रियाशील हुने चितवनका रोटरियनहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
रोटरी डिष्ट्रिक ३२९२ को जोन—११ ले सोमबार आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रममा चितवनमा क्रियाशील रोटरी क्लबका अध्यक्ष तथा पदाधिकारीहरुले प्रतिबद्धता जनाएका हुन । रोटरी डिष्ट्रिक्ट ३२९२ का पूर्व डिष्ट्रिक गर्भनर तथा राष्ट्रिय पोलियो प्लस समितिका अध्यक्ष रत्नमान शाक्यले विश्वभर नै पोलियो उन्मूलनका लागि रोटरीले गरेका कार्यहरुको प्रभाव सबै देशमा सकारात्मक रहेको चर्चा गर्दै विश्वभर नै सन् २०१८ सम्ममा पोलियो उन्मूलन गर्ने लक्ष्य रहेकाले नेपालमा सफलता प्राप्त गर्न खासै समस्या नहुने विश्वास व्यक्त गरे ।
उनले नेपालमा पहिले नै पोलियो उन्मुलन भईसकेको निश्कर्ष निकालिएपनि केही वर्षपछि फेरि पोलियोका रोगी फेला परेकाले खोप कार्यक्रमको निरन्तरता दिइएको जानकारी दिदैं नेपाललाई पोलियोमुक्त बनाउने अभियानमा वर्षौदेखि रोटरी क्लब र रोटरियनहरु लागिपरेकाले त्यसलाई लक्ष्यसम्म पु¥याउनका लागि अझै केही वर्षसम्म सबै क्रियाशील भइरहनुपर्नेमा जोड दिए ।
सो अवसरमा रोटरी डिष्ट्रिक ३२९२ का पूर्व डिष्ट्रिक्ट गर्भनर योगेन्द्रमान शाक्य, एसिस्टेन्ट गर्भनर मित्रराज दवाडी, रोटरी क्लव अफ पोखराका पूर्वअध्यक्ष किरण श्रेष्ठलगायतले आ—आफ्नो अनुभव र विचार व्यक्त गरेका थिए ।
Discussion about this post