भरतपुर । नारायणगढका फेन्सी व्यवसायीहरुले शक्तिखोरको राजवन र भ्यूरानका करिब १५० विद्यार्थीसहित केही स्थानीयलाई कपडा सहयोग गरेका छन् । गत वर्षदेखि सो क्षेत्रका स्थानीयसँग मितेरी साइनो बिस्तार गरेको फेन्सी व्यवसायी संघ र फेन्सी बचत तथा ऋण सहकारी संस्था नारायणगणले सोमबार संयुक्तरूपमा करिव साढे चार लाख बराबरको जिन्सी सहयोग गरेको हो ।
भौगोलिक जटिलता गरिबीको चपेटामा परेको यस क्षेत्रमा संस्थाले सामाजिक कार्यलाई निरञ्न्तरता दिइरहने फेन्सी व्यवसायी संघ नारायणगढका अध्यक्ष हरि शर्मा पौडेलले बताउनुभयो । संघको अगुवाइमा भएको मितेरी कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अधिकांश नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरुको सहभागितासमेत रहेको थियो । फेन्सी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विजयप्रकाश तण्डुकारले व्यवसायीले सामाजिक उत्तरदायि¤व वहन गर्दै यस्ता सामाजिक कार्यलाई प्राथमिकता दिइएको बताउनुभयो ।
Discussion about this post