नारायणगढ । एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेल नेपालले क्यानडाको सामना गर्ने भएको छ ।
न्युजिल्यान्डमा हुने सो प्रतियोगितामा नेपालले आफनो अन्तिम खेल आज मंगलबार क्यानडासँग प्रतिष्ठाको लागि खेल्दैछ । जारी प्रतियोगितामा तीन खेल खेलेको नेपालले तीन खेलमा खराब व्याटिङ गर्दै हार भोगेपछि नेपाल यसअघि नै समूह चरणबाटै बाहिरिसकेको छ ।
लगातारको हारसँगै नेपालले सन् २०१५ मा हुने आइसिसी एक दिवसीय विश्वकप खेल्ने सपना मात्रै गुमाएन चार वर्षको लागि एक दिवसीय मान्यता पाउने सपनामा समेत पूर्णविराम लागेको छ । यसअघि भएको पहिलो खेलमा युएइसँग १०२ को फराकिलो रन अन्तरले पराजित भएको थियो भने दोस्रो खेल स्कटल्यान्डसँग ९२ रन र तेस्रो खेल हङकङसँग १० विकेटले पराजित भएको थियो ।
Discussion about this post