ADVERTISEMENT
१० बैशाख २०७८, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० बैशाख २०७८, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सकियो रत्ननगर महोत्स्वः टिकौलीमा रंगशाला बनाउने प्रतिबद्धता

by चितवन पोष्ट
२०७० माघ ६, सोमबार ०३:०८ गते
in अर्थ, समाज
0
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । नेपाल सरकार तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बास्कोटाले टिकौलीमा क्षेत्रीयस्तरका रंगशाला निर्माणको लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
आइतबार रत्ननगर महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफू अर्थसचिव हुँदा प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय स्तरका क्षेत्रीय रंगशाला बनाउन प्रक्रिया सुरू गर्ने बताउनुभयो । रंगशाला निर्माणको प्रक्रिया चलिरहेकै बेला वन्यजन्तु र जैविक विविधतालाई असर गर्ने भन्दै वन मन्त्रालयले टिकौलीमा रंगशाला निर्माणको काम रोकेको थियो ।
‘के कारणले काम रोकिएको हो’ उहाँले भन्नुभयो, ‘त्यसको अध्ययन गरी रंगशाला निर्माणको प्रक्रिया अगाडि बढ्नेछ ।’ उहाँले रंगशाला निर्माणको काम अनिश्चित बनेर अन्योलमा परेका जिल्लावासीलाई रंगशाला निर्माण हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
सचिव बास्कोटाले मुग्लिन–नारायणगढ सडक खण्डको पुनर्निर्माण, नारायणगढ–लोथर सडक खण्ड चौडा र मलेखु–भण्डारा चेपाङ मार्ग छिट्टै सम्पन्न गर्ने गरी सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले रसुवागढी–त्रिसुली–गल्छी हुँदै ठोरीसम्मको प्रस्तावित राजमार्गमा लगानी गरी भारत र चीन जोड्ने छुट्टै दूरीको राजमार्ग तयार गर्न जरूरी रहेको बताउनुभयो ।
उहाँले चितवनलाई मेडिकल हवका रूपमा विकास गर्न आवश्यक पर्ने पूर्वाधार निर्माण र सुविधा विस्तार गरिने जानकारी दिनुभयो । सचिव बास्कोटाले चितवनमा सम्भावना बोकेका कृषि, पर्यटनको विकासको लागि सरकारी स्तरबाट गर्नुपर्ने सबै काम गर्न तयार रहेको उल्लेख गर्नुभयो । उहाँले पाँच वर्षभित्र नेपाललाई फलफूल, तरकारी, माछा, दूधमा आत्मनिर्भर बनाउने सरकारी योजना रहेको बताउनुभयो ।
पोल्ट्रीको राजधानीको रुपमा विकास भइरहेको सरकारले चितवनलाई पोल्ट्री किङ र पोल्ट्री क्यापिटल घोषणा गर्ने बताउनुभयो । सचिव बास्कोटाले काठमाडौंको जनसंख्यालाई मध्यनजर गरी चितवनमा उद्योगको स्थापना, एलपी ग्यासको बोटलिङ प्लान्ट, जिवित जनावर काठमाडौँ ढुवानी नगर्ने गरी स्टलर हाउस निर्माण गर्न जरूरी रहेको बताउनुभयो । सचिव बास्कोटाले अर्थतन्त्रको विकासको लागि सरकारले निर्देशिका बनाएर काम गरिरहेको बताउनुभयो ।
उहाँले स्वदेशी उत्पादनको खपत वृद्धि गर्न छुट्टै निर्देशिका जारी गरी प्रत्येक सरकारी कार्यालयले कम्तीमा ५० प्रतिशत स्वदेशी उत्पादन उपयोग गर्न निर्देशन दिइएको बताउनुभयो । निकासी प्रबद्र्धनका लागि सरकारले १ र २ प्रतिशत नगद अनुदानको व्यवस्था मिलाएको भन्दै उहाँले निकासी शुल्कमा ५० प्रतिशत छुट दिइएको बताउनुभयो । सचिव बास्कोटाले नेपालमा लगानीमैत्री वातावरण सृजना गर्न औद्योगिक व्यवसाय ऐन ल्याइने बताउनुभयो ।
चालु आवको पहिलो ५ महिनामा १० अर्बको बाह्य लगानी भित्रिएको भन्दै उहाँले सो अवधिमा करिव ५० अर्बको वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त भएको बताउनुभयो । कार्यक्रममा रत्ननगर महोत्सव मूल समारोह समितिका संयोजक दीपककुमार कर्माचार्यले चितवनको कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको विकासको लागि काम गरिदिन सचिव बास्कोटालाई आग्रह गर्नुभएको थियो । उहाँले टिकौलीमा रंगशाला निर्माणको काम तत्काल सुरू गर्न संयोजक कर्माचार्यले सचिव बास्कोटालाई आग्रहसमेत गर्नुभयो ।

Related Posts

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

सामाजिक समावेशीकरणका लागि कार्यदल

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

Chitwan Post

औद्योगिक क्षेत्रमा ४८ प्रतिशत वैदेशिक लगानी

Discussion about this post

अन‌ि यो पनि

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि
प्रमुख समाचार

थप दुई हजार ४२८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप दुई हजार ४२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा...

Read more
टी–ट्वान्टी क्रिकेटमा नेपालद्वारा मलेसिया पराजित

टी–ट्वान्टी क्रिकेटमा नेपालद्वारा मलेसिया पराजित

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

सामाजिक समावेशीकरणका लागि कार्यदल

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

Chitwan Post

औद्योगिक क्षेत्रमा ४८ प्रतिशत वैदेशिक लगानी

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In