ADVERTISEMENT
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

मौरीपालनमा आकर्षण बढ्यो

by चितवन पोष्ट
२०७० माघ ६, सोमबार ०३:०२ गते
in अर्थ
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

गैंडाकोट । गाईपालन, बाख्रा पालन, पोल्ट्रीजस्ता कृषि व्यवसाय सञ्चालन गर्दै आएका गैंडाकोटका कृषकहरु यतिबेला मौरीपालन व्यवसायमा आकर्षित भएका छन् । जनशक्ति, लागत र जग्गा कम भए पनि बढी मुनाफा आर्जन गर्न सकिने भएकोले यो व्यवसायप्रति कृषकको आकर्षण बढेको हो ।
मौरीपालन महासंघका अध्यक्ष राजेन्द्र गौतम मौसमअनुसार मह उत्पादन गर्न सकिने र सो व्यवसायबाट वातावरण तथा समाजमा नकारात्मक प्रभाव नपर्ने भएकाले मौरीपालन व्यवसाय फस्टाउँदै गएको बताउँछन् । गैंडाकोट–८ स्थित सागर मौरी पालन व्यवसाय सञ्चालन गर्दै आएका गौतमकोे फर्मबाट वार्षिक १५ मेट्रिक टन मह उत्पादन हुने गरेको छ । सो फर्ममा ३०० घार मौरी छन् । नौ जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन् ।
विगतमा चिया तथा किराना व्यवसाय गर्दै आएका छविलाल रिजाल पनि मौरी पालनमा आकर्षित भएका छन् । ५० घार मौरी पालेका उनले वार्षिक १५ क्विन्टल मह उत्पादन गर्दै आएका छन् । मौरी पालनले जीवनमा ल्याएको परिवर्तनले यस व्यवसायको भविष्य उज्ज्वल रहेको रिजालको भनाइ छ ।
मौरी पालन महासंघका अनुसार हाल नेपालमा १८ सय मेट्रिक टन मह उत्पादन हुने गर्छ । नेपालमा प्रतिव्यक्ति औषत ५० ग्राम मह उपभोग हुने गरेको उसको भनाइ छ । महको माग बढ्दो भएकाले हालको उत्पादनलाई वृद्वि गरी दसहजार मेट्रिक टन उत्पादन गर्ने लक्ष्य सरकारको छ ।
नेपालमा मौरी पालन व्यवसायतर्फ कृषकहरुको आकर्षण बढिरहेको छ । सरोकारवालाहरुले मौरी पालनसम्बन्धी आवश्यक नीति नियम बनाएर यो व्यवसायलाई व्यवसायीकरणका लागि प्रत्यक्ष अनुदान दिने व्यवस्था गरिनुपर्ने धारणा अध्यक्ष गौतमको छ । सरकारले अनुदानसहित मौरी पालनतर्फ किसानहरुलाई आकर्षित गर्न सके देशको अर्थतन्त्रमा यसले प्रभावकारी भूमिका खेल्न सक्ने देखिएको छ ।

Related Posts

Chitwan Post

महासंघ बागमती र उवासंघ–चितवनबीच छलफल

Chitwan Post

कृषि सामग्री बिक्री केन्द्रको उद्घाटन

Chitwan Post

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

Discussion about this post

अन‌ि यो पनि

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश
प्रमुख समाचार

संसद् विघटन अधिकार वर्तमान प्रधानमन्त्रीलाई नभएको जिकिर

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आइतबार संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल...

Read more
चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

महिला हिंसा अन्त्य गरौँ

महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In