भरतपुर । अमेरिकी दूतावासको प्रेस तथा सूचना अधिकारी रबर्ट डोमेन र नेपाल पत्रकार महासंघ चितवन शाखाका पदाधिकारीबीच आज शाखाको भवनमा छलफल सम्पन्न भएको छ । सूचना अधिकारी डोमेनले चितवनमा प्रेस स्वतन्त्रताको अवस्था, पत्रकार महिलाहरुको अवस्था र महिलाका विषयमा सञ्चारमाध्यमले दिने गरेको स्थानका बारेमा जिज्ञासा राखेका थिए ।
डोमेनको जिज्ञासाप्रति महासंघ शाखा अध्यक्ष जनक अर्याल, उपाध्यक्ष रमेशकुमार पौडेल, प्रेस युनियन चितवनका उपाध्यक्ष नारायण अधिकारीलगायतले भनाइ राखेका थिए । पत्रकारहरुको समता विकासका लागि तालिम सञ्चालन गर्न र भौतिक निर्माण बाहेक अन्य विकासका लागि दूतावास सहयोग गर्न तत्पर रहेको डोमेनको भनाइ थियो ।
Discussion about this post