नारायणगढ । रामेश्वर पुस्तकालय तथा वाचनालयको गत पौष २७ गते सम्पन्न तेह्रौं वार्षिक साधारण सभा तथा अधिवशनबाट निर्वाचित कार्य समितिको पहिलो वैठकले सदस्यहरुको कार्य विभाजन तथा सल्लाहकारहरु मनोनयन गरेको छ ।
पुस्तकालयका अध्यक्ष केशवकुमार श्रेष्ठको अध्यक्षतामा बसेको वैठकले समितिका सदस्यहरुबाट उपाध्यक्षमा राजेन्द्र वाग्ले, सचिवमा बालकृष्ण थपलिया, कोषाध्यक्षमा शशी श्रेष्ठ र सहसचिवमा कृष्ण केसीलाई जिम्मेवारी तोकेको छ ।
यसैगरी पुस्तकालयका सल्लाहकारहरुमा शरदरञ्जन श्रेष्ठ, विष्णुप्रसाद अधिकारी, कृष्णहरि देवकोटा, देशीराम प्रधान, केदारनाथ खनाल, श्रीहरि पण्डित, रामकृष्ण गुरुङ तथा कानुनी सल्लाहकारमा अधिवक्ता गोविन्द सिग्देललाई मनोनयन गरिएको पुस्तकालयका सचिव बालकृष्ण थपलियाले जानकारी दिनुभयो । वैठकले पुस्तकालयको कार्यसमिति सदस्यहरुमा जयराम श्रेष्ठ, दीपक आचार्य र डिकमाया भट्टराई (अनिता)लाई मनोनयन गरेको पुस्तकालयले जनाएको छ ।
Discussion about this post