भरतपुर । भरतपुरमा निर्माणाधीन नारायणी बहुप्राविधिक महाविद्यालयको परिसरभित्र जडान भएको विद्युत् ट्रान्सफर्मर चोरी भएको छ ।
अज्ञात समूहले विद्युत् ट्रान्सफर्मर चोरी गरेको नारायणी नमुना उच्च माध्यमिक विद्यालयका प्राचार्य पूर्णप्रसाद दवाडीले बताउनुभयो । चोरी भएको सो ट्रान्सफर्मरको मूल्य करिब रु पाँच लाखबराबर पर्दछ । जिल्ला प्रहरी कार्यालय चितवनले घटनाबारे जानकारी प्राप्त भएको भन्दै चोरी गर्ने समूहको खोजी कार्य भइरहेको बताएको छ ।
Discussion about this post