भरतपुर । चितवनको रामनगरमा यात्रुवाहक बस पल्टिँदा १६ जना यात्रु घाइते भएका छन् ।
काठमाडौँबाट नारायणगढ आउँदै गर्दा चितवनको रामनगरमा बस एक्कासि अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार साँझ काठमाडौँबाट नारायणगढ आउँदै गर्दा ना५ख १९ नम्बरको बस अनियन्त्रित भई पल्टिएको थियो ।
सो दुर्घटनामा घाइते भएका १६ यात्रुको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्रगतिका कारण बस दुर्घटनामा परेको भन्दै हुस्सु लागेका बेला तथा चिसो मौसममा तीव्र गतिमा सवारी नहाँक्न प्रहरीले चालकहरूलाई आग्रह गरेको छ । दुई दिनअघि पनि चालकले रोकिराखेको ट्रिपरलाई नदेख्दा चितवनको भण्डारामा बस दुर्घटना भएको थियो । जसमा १७ यात्रु घाइते भएका थिए । रासस
Discussion about this post