भरतपुर । त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीको अनसनप्रति चितवनका स्वास्थ्यकर्मीहरुले एक्येबद्धता जाहेर गरेका छन् । उनीहरुले विज्ञप्ति जारी गरी डा. केसीका अनसन र उनका जायज मागप्रति ऐक्यबद्धता जाहेर गर्दै माग पूरा गर्न माग गरेका छन् ।
नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी प्राविधिक संघ, नेपाल स्वास्थ्यकर्मी युनियन, नेपाल नर्सिङ संघले विज्ञप्ति जारी गर्दै प्राज्ञिक संस्थामा राजनीतिक भागबण्डा र हस्तक्षेपका साथै पूर्वाधार बिना मेडिकल कलेजहरुको सञ्चालन गर्न स्वीकृति दिने प्रविद्दिको अन्त्य गर्न माग गरेका छन् । उनीहरुले माग पूरा गरी डा. केसीको जीवन रक्षा गर्ने प्रक्रिया नबढाए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
Discussion about this post