शारदानगर । नेकपा माओवादी पार्टी पुनःर्निमाणको क्रममा शारादानगरको गाउँ कमिटीको भेलाले मंगल भुजेलको सेक्रेटरीमा १३ सदस्य नेकपा माओवादी शारदानगर गाउँ कमिटी गठन गरिएको छ ।
भेलामा वरिष्ठ जिल्ला नेता नारायण शर्मा प्रमुख अतिथि रहनुभएको थियो भने अतिथिहरुमा जनजाति नेता सुरेन्द्र गुरूङ्ग, फूलवारी गाविस इन्चार्ज लावन्य शर्मा, राष्ट्रिय जनस्वयंसेवकका सस्तोष बस्ताकोटीलगायतको उपस्थिति भएको थियो । गाउँ कमिटीमा पूर्वजनमुक्ति सेना पनि सहभागी भएको जानकारी गराउँदै नेता विपिनले अब पार्टी फरक संरचनामा फर्कन लागेको जानकारी गराउनुभयो ।
Discussion about this post