रामपुर । नेपालमा बढ्दै गएको मानवअधिकार हनन र बन्द हिंसाका घटनाप्रति युवाहरुले चिन्ता व्यक्त गरेका छन् ।
एमनेष्टी इन्टरनेशनल रामपुर युथ नेटवर्क को पाचौ साधारण सभा तथा अधिवेशनमा बोल्दै उनीहरुले बैदेशिक रोजगारी, राजनैतिक पार्टी लगायत अन्य क्षेत्रहरुमा मानवअधिकार हननका घटनाले युवाहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पीडित बनेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एमनेष्टी इन्टरनेशनल प्रेस वरकिङ गु्रप नेपालका सदस्य एव केन्द्रीय प्रतिनिधि अर्जुन अधिकारीले माननअधिकारको घटनाप्रति अब सबै युवाहरुले आ आफ्नो क्षेत्रबाट आवाज उठाउनुपर्ने बेला आएको बताउनुभयो ।
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाज चितवन शाखाका सभापति राजेन्द्र पौडेल, युवा अधिकारकर्मी तथा रामपुर युथ नेटवर्कका पूर्वसंयोजक अङ्कुर पौडेल, सचिव उपशना ढकाललगायतले मानवअधिकार र युवा अवस्था बारे चर्चा गरेका थिए । कार्यक्रम युथ नेटवर्ककी संयोजक भावाना घिमिरेको अध्यक्षतामा भएको हो ।
Discussion about this post