समानुपातिक विज्ञापन लागू हुनुपर्छ ः अध्यक्ष कार्की

अन‌ि यो पनि

   हेटौँडा, ४ माघ । प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले सञ्चार क्षेत्रको प्रवद्र्धन गर्न सरकारले समानुपातिक विज्ञापन लागू गर्नुपर्ने बताउनुभएको छ ।
आज हेटौँडामा रेडियो निकास सामुदायिक रेडियोको आयोजनामा सुरु भएको पत्रकारिता तालिमको उद्घाटन गर्दै उहाँले सरकारले सञ्चार क्षेत्रलाई चौथो अङ्गमात्र मानेर अब नहुने र त्यसका लागि सरकारले उचित भूमिका पनि निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले आमसञ्चारमा भएका उपलब्धिहरू दुर्घटनामा पर्ने खतरासमेत रहेको बताउनुभयो ।
सञ्चार सङ्घ नेपालका अध्यक्ष एवम् रेडियो निकासका अध्यक्ष भीमसेन महतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काउन्सिलका सदस्यहरू किशोर श्रेष्ठ र खिलबहादुर भण्डारी, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रताप विष्ट तथा मकवानपुर शाखा अध्यक्ष भानुभक्त आचार्यलगायतले बोल्नुभएको थियो । रासस

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया