ADVERTISEMENT
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

भारतबाट गाई नल्याऊ ः किसान

by चितवन पोष्ट
२०७० माघ ४, शनिबार ०५:३४ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । व्यवसायिक गाईपालन गर्दै आएका चितवनका किसानहरुले भारतबाट उन्नत गाई नेपाल ल्याउने सरकारको तयारीको विरोध गरेका छन् । व्यवसायिक दुग्ध उत्पादक कृषक समाज चितवनले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर उनीहरुले नेपाली किसानलाई नै सहुलियत दिन माग गरे ।
गाई ल्याउन लागेको प्रतिबन्ध हटाएर सरकारले नेपाली किसानका लागि भारतबाट १० हजार गाई भित्र्याउँदै गरेको व्यवसायिक दुग्ध उत्पादक कृषक समाज चितवनका अध्यक्ष आनन्द निउरे बताउँछन् । सो तयारी तत्काल रोक्नु पर्ने उनको भनाइ छ ।
‘नेपालका व्यवसायिक फार्म र स्रोत केन्द्रलाई सहुलियत दिएमा नेपालमा नै उन्नत जातका गाई उत्पादन हुने सम्भावना छ । त्यसैले भारतबाट गाई ल्याउन आवश्यक छैन’ अध्यक्ष निउरेले भने । सहयोग मिलेमा १० हजार गाई चितवन र नवलपरासीको नवलपुर क्षेत्रमै उत्पादन हुने उनले बताए ।
यहाँका किसानको गोठ व्यवस्थापन उन्नत नभइसकेको निउरेको भनाइ छ । ‘यहाँ जुन रूपमा गोठ व्यवस्थापन हुन्छ, ती गोठमा भारतबाट ल्याएका उन्नत गाई बस्न हुर्कन सक्दैनन्’ उनले भने । गोठका कारण गाई बिरामी हुने खतरा रहने उनको भनाइ छ ।
‘अहिले पैसा खर्च गरेर गाई ल्यायो । बिरामी भएपछि फेरि उतैबाट ओखती ल्यायो । त्यसो गर्नुभन्दा त सरकारले हामीलाई अनुदान दिए, यहाँको हावापानी र अवस्था सुहाउँदो उन्नत नश्लका गाई उत्पादन गर्ने थियौँ’ अध्यक्ष निउरेले भने ।
नेपाली किसानका गोठ सुधारका लागि सहयोग र सचेतना बढाउन किसानहरुको आग्रह छ । किसानका लगानीका साथै वित्तीय संस्थाले पनि दुधालु पशुपालनमा लगानी बढाउन किसानहरुले माग गरेका छन् । व्यवसायिक पशुपालनका लागि बढीमा सात प्रतिशतमात्रै व्याज लिन उनीहरुको आग्रह छ ।
अहिले किसानले १४ प्रतिशतको हाराहारीमा ऋणको व्याज तिर्दै आएका छन् । त्यस्तै पशुधन बिमाको प्रिमियम बढाउन पनि भनेका छन् । प्रिमियममा किसान र सरकारले आधा –आधा रकम बेहोर्छन् । त्यो बढाएर सरकारले ७५ प्रतिशत बेहोर्नुपर्ने किसानको माग छ ।
त्यस्तै, व्यवसायिक पशुपालन फार्महरुलाई सहुलियतमा प्रति गाई भैँसी दुई लाख रूपैयाँ कर्जा दिन पनि किसानहरुको अपिल छ । दिनको ५०० लिटरभन्दा बढी दूध उत्पादन गर्ने एकल अथवा सामुहिक फार्मलाई निःशुल्क दुग्ध चिस्यान केन्द्र दिन निउरेको माग छ ।
हरियो घाँसले दूधको गुणस्तर बढाउने हुँदा घाँस खेतीमा सरकारले प्रति बिघा ५० हजार रूपैयाँ अनुदान दिनुपर्ने आवश्यकता रहेको निउरेले बताए । त्यस्तै, घाँससँग सम्बधित मेसिन औजार खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध हुनुपर्ने उनको जोड छ ।
‘अहिले उत्पादन लागत अत्यधिक भएकाले किसानहरु गाईपालनमा निरास छन् । राज्यको दायि¤व त्यो निरासा हटाउने हो । अनुदानले लागत घटाउँछ । राम्रा गाई ल्याएका भरमा पशुपालनको विकास हुने होइन’ अध्यक्ष निउरेको जिकिर छ ।
चितवनमा मात्रै उन्नत फार्म १५० वटा छन् । १० देखिमाथि १०० वटासम्म गाई पाल्नेहरुलाई आफूहरुले समेटेको निउरेले बताए । एउटै फार्मले दिनको ५०० लिटरसम्म दूध उत्पादन गर्छ । व्यवसायिक फार्मबाट मात्रै चितवनमा दिनको ४० हजार लिटर दूध उत्पादन हुने गर्छ ।
‘माछा पनि रोक’   
रत्ननगर । भारतवाट अवैध रूपमा आयत हुने माछाले नेपालमा उत्पादन हुने माछाको बजारीकरणमा समस्या गरेकोे छ । रत्ननगर महोत्सवको आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघको संयोजन र नेपाल मत्स्य विकास निर्देशनालय काठमाडौंले शुक्रबार आयोजना गरेको ‘माछा उत्पादनमा देखिएका समस्या र भावी रणनीति विषयक’ अन्तत्र्रिmया कार्यक्रममा बोल्नेहरुले भारतबाट आउने माछा रोक्नुपर्नेमा सबैले चासो दिए ।
लोडसेडिङका कारण पोखरीमा पानीको आपूर्ति गर्न असहज भएको भन्दै कृषकहरुले माछा उत्पादनको अर्को समस्या लोडसेडिङ रहेको बताए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय प्राकृतिक तथा कृतिम  जलासय मत्स्य विकास कार्यक्रम काठमाडौका प्रमुख रमानन्द मिश्रले प्राकृतिक जलासय विश्वमा नै घट्दै गएकोले कृतिम माछापालनमा वृद्धि गर्नु आवश्यक रहेको बताए ।
नेपालमा ०.४२ प्रतिशतमात्र माछा उत्पादन हुने गरेको छ । देशमा कृषिको वृद्धिदर ४.५ प्रतिशत रहे पनि देशमा माछाजन्य कृषिले ८ प्रतिशत बृद्धिदर हासिल गरेको छ । महोत्सवका गोष्ठी तथा सेमिनार समितिका संयोजक ईश्वरीप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष दीपककुमार कर्माचार्य, नेपाल मत्स्य व्यवसायी महासंघका केन्द्रीय महासचिव अम्बिकाप्रसाद अधिकारीलगायतले बोलेका थिए ।

Related Posts

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

नारायणगढ–बुटवल सडक : निर्माण भए २२ कल्भर्ट

नारायणगढ–बुटवल सडक : निर्माण भए २२ कल्भर्ट

Discussion about this post

अन‌ि यो पनि

छतबाट लडेर एक विद्यार्थीको मृत्यु
समाज

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज छतबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको...

Read more
अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

खोपले काम गरेन, भटाभट मरे कुखुरा

खोपले काम गरेन, भटाभट मरे कुखुरा

काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

नारायणगढ–बुटवल सडक : निर्माण भए २२ कल्भर्ट

नारायणगढ–बुटवल सडक : निर्माण भए २२ कल्भर्ट

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In