नारायणगढ । चितवनमा शुक्रबारदेखि रेडबुल जिल्ला लिग फुटबल प्रतियोगिता–२०७० सुरू भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा नारायणगढको क्याम्पाचौरमा प्रतियोगिता सुरू भएको हो । प्रतियोगिताको एक कार्यक्रमकाबीच उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीले समुद्घाटन गर्नुभयो ।
समुद्घाटन समारोहमा अध्यक्ष जोशीले जिल्लामा मिनिस्टेडियम बनाउन पहल गर्ने बताउनुभयो । समारोहमा जिल्ला फुटबल संघका पूर्वअध्यक्ष लक्ष्मीचरण श्रेष्ठले यस्ता किसिमका फुटबल प्रतियोगिता अझै गर्नुपर्ने बताउनुभयो । उद्घाटन सत्र संघका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैबीच प्रतियोगिताको समुद्घाटन खेलमा भरतपुर फुटबल क्लबले नारायणी फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गरेको छ ।
Discussion about this post