नारायणगढ । हंश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नारायणगढले महिला सदस्यहरुका लागि उद्घोषण तालिम दिएको छ । नरायणगढमा सुरू भएको तालिमको नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष जनक अर्यालले उद्घाटन गर्नुभयो ।
संस्थाका शिक्षा समितिका संयोजक मधु शर्माको अध्यक्षतामा सम्पन्न तालिममा सदस्य चन्द्रमान श्रेष्ठ, गिता वाग्लेलगायतले मन्तव्य दिए । ३० जना महिलाहरुको सहभागिता रहेको तालिममा पत्रकार वसन्त पराजुली, सुरज पौडेल, विदुर केसीलगायतले प्रशिक्षण दिए ।
Discussion about this post