रत्ननगर । रत्ननगर–१२ अमेलियामा रहेको देवीरमण राप्राविले शुक्रबार १७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस गरेको छ । रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेवप्रसाद श्रेष्ठ प्रमुख अतिथि रहनु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शालिकराम ढकालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा अतिरिक्त क्रियाकलापमा सहभागी विद्यार्थी एवम् शिक्षिका अम्बिका घिमिरेलार्ई पुरस्कृत तथा पूर्वविद्यालय व्यवस्थापन समितिका सदस्य मंगलीमाया नेपाली र लेखा समिति सदस्य टीकाबहादुर थापालाई सम्मान गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post