ADVERTISEMENT
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चितवनमा ट्रमा अस्पताल बनाउन पहल

by चितवन पोष्ट
२०७० माघ ४, शनिबार ०३:४८ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । देशकै मध्य भागमा रहेको चितवनमा अत्याधुनिक तवरको ट्रमा अस्पताल निर्माणका लागि चिकित्सकले साङ्गठनिक रूपमा पहल थालेका छन् ।
नेपाल चिकित्सक सङ्घ चितवन शाखाले सदरमुकाम भरतपुरमा रहेको सरकारी अस्पताल, भरतपुर अस्पतालमा ट्रमा सेन्टरका लागि पहल सुरू गरेको हो । पहिलो चरणमा चिकित्सकबीचमा बृहत् छलफलपछि जिल्लाका सभासद् र दलका प्रमुखसँग छलफल सुरु गरेको सङ्घका जिल्ला अध्यक्ष डा कृष्ण पौडेलले बताउनुभयो ।
राजधानी प्रवेश र बाहिरिने सडकमा हुने दुर्घटनाका घाइतेलाई बचाउन ट्रमा अस्पताल प्रभावकारी हुने उहाँले बताउनुभयो ।
चिकित्सकका अनुसार दुर्घटना भएपछिको एक घण्टाको समयलाई घाइतेलाई बचाउन (गोल्डेन आवर) अर्थात् सुनौलो समय भनिन्छ । यो समयभित्र घाइतेले उपचार पाएमा थप ८० प्रतिशतलाई बचाउन सकिने वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञसमेत रहनुभएका डा पौडेलले बताउनुभयो ।
उहाँका अनुसार छ जनामा दुईजना घाइते उपचारको अभावमा मर्ने गर्दछन् । चितवन जिल्लामा मात्र गत आवमा १३९ वटा सवारी दुर्घटना भएका थिए । जसमा ६७ जनाको मृत्यु भएको थियो भने ३२५ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
क्षेत्रीयस्तरको ट्रमा सेन्टर निर्माणका लागि चितवनको क्षेत्र नं ३ का सभासद् कृष्णभक्त पोखरेलले आफ्नोतर्फबाट पनि पहल सुरु गरेको बताउनुभयो ।
उपचारको अभावमा अब धेरैको ज्यान जानु हँुदैन त्यसका लागि भरतपुर अस्पतालमा ट्रमा सेन्टर निर्माणका लागि सबै मिलेर अघि बढ्नु पर्छ सभासद् पोखरेलले भन्नुभयो । पूर्वपश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड, पृथ्वीराजमार्ग र आसपासका क्षेत्रका सडकमा हुने दुर्घटनाका घाइतेलाई बचाउन ट्रमा अस्पताल प्रभावकारी हुने देखिन्छ ।
पहिलो चरणमा रु ५० करोड खर्च हुने अनुमान गरिएको भए पनि आपतकालीन उद्धारका उपकरण थप्ने क्रममा भने लागत बढ्ने सोही अस्पतालमा सञ्चालन भइरहेको स्पाइनल इन्जुरी सेन्टरका मेकिडल इन्चार्जसमेत रहेका डा. पौडेलले बताउनुभयो ।
हाल भरतपुर अस्पतालमा चितवन, नवलपरासी, मकवानपुर, धादिङ, गोरखालगायतका जिल्लाबाट ठूलो सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरेका छन् ।
त्यस्तै, नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्य प्राविधिक संघले संयुक्त विज्ञप्ति जारी गरी अनसनमा बसेका डा. गोविन्द केसीको जायज मागको सुनुवाइ गर्न माग गरेको छ । विज्ञप्तिमा प्राज्ञिक संस्थामा राजनैतिक भागवण्डा तथा हस्तक्षेपका साथै पूर्वाधार विना नै मेडिकल कलेजको सञ्चालन गर्न स्वीकृत दिने प्रवृत्तिको विरोध गरिएको छ ।

Related Posts

गायक मिलन लामाले बनाए विपन्नका लागि अर्को घर

गायक मिलन लामाले बनाए विपन्नका लागि अर्को घर

Chitwan Post

माडीमा ७५ जना विद्यार्थीलाई झोला वितरण

माडीका युवाहरु पशुपालन व्यवसायमा अग्रसर

माडीका युवाहरु पशुपालन व्यवसायमा अग्रसर

Discussion about this post

अन‌ि यो पनि

चोरी सिकार नियन्त्रण युवा जागरणको अध्यक्षमा थापा
राजनीति

चोरी सिकार नियन्त्रण युवा जागरणको अध्यक्षमा थापा

रत्ननगर । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत रहेको समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण उपसमितिको अध्यक्षमा विष्णु थापा चयन भएका...

Read more
गायक मिलन लामाले बनाए विपन्नका लागि अर्को घर

गायक मिलन लामाले बनाए विपन्नका लागि अर्को घर

सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन गरेँ : प्रधानमन्त्री

पार्टी शुद्धीकरणको अभियान चलेको छ : प्रधानमन्त्री

फरार खोज्दै एसपी राठौर, दस दिनमा आठ प्रतिवादी पक्राउ

फरार खोज्दै एसपी राठौर, दस दिनमा आठ प्रतिवादी पक्राउ

Chitwan Post

माडीमा ७५ जना विद्यार्थीलाई झोला वितरण

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In