अमरापुरी । संय्क्त राष्ट््र संस्था नेपालको आयोजनामा तीनदिने जैविक अंगार सम्वन्धी तालिम संचालन भएको थियो । स्न्दरी साम्दायिक वन उपभोक्ता सम्ह अमराप्रीको सभाहलमा भएको कार्यक्रममा सोही सम्हका अध्यक्ष ठाक्रप्रसाद पाण्डेले अध्यक्षता गनर्् भएको थियो । उक्त कार्यक्रममा खेर गएका काठ वनमारा,पातपतिड.्गरहरुवाट जैविक अंगार उत्पादन गर्न तालिम सन्चालन गरिएको थियो । तालिममा संय्क्त राष्ट््र संस्था नेपालका कार्यक्रम संयोजक संजयवीर थापा,प्रवन्धक मनमोहन भट्ट , विजयदेव भट्ट,कमल भण्डारी प्रशिक्षक लगाएत ७ वटा साम्दायिक वनका २ दर्जन व्यक्तिहरुको उपस्थिति रहेको थियो ।यो विधि नवलपरासीमा नेपालकै दोस्रो पटक गर्न थालिएको हो । साम्दायिक वनका अध्यक्ष ,उपाध्यक्ष,सदस्य लगाएत तालिममाउपस्थित सबैलाई प्रयोगात्मक विधिवाट अंगार उत्पादन गर्न फिल्डमा प्रत्यक्ष रुपमा सिकाइएको थियो ।जैविक अंगारमा बोटविरुवालाई चाहिने धेरै खाद्य तत्वह्रु पाईने हुँदा यसलाई प्रश्रय दिइएको जानकाुरी बायोचारका प्रशिक्षक विजयदेव भट्टले बताउनु भयो ।वैज्ञानिक सोधका अनुसार बायोचारको प्रयोगले धेरैमा ३०० प्रतिसतसम्म माटोको उत्पादनशिलता बढ्न सक्छ भने पोषक तत्वको चुहावटमा कमी आई रासायनिक मलको प्रयोग समेत घट्न सक्ने देखिएकाृे छ ।हाल वैज्ञानिकहरु माटोमा अंगार हालेर खेती गर्दा खेती र वातावरण दुवै राम्रो हुने सम्भावना देखेर यसको अध्ययन तथा विश्लेषणमा जुटेका छन् । यसको अध्ययन सर्वप्रथम ब्राजिलमा भएको पाईन्छ । चुलोको दाउरा सबै डढेर खरानी नभई केही हिस्सा अंगार हुने गर्दछ । अंगारको बनौट कोईलाजस्तै भएपनि यसको भित्रि बनौट रासायनिक गुणमा फरक पाईन्छ ।
Discussion about this post