भरतपुर । नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा. कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गरी स्वास्थ्य र शैक्षिक क्षेत्रमा देखिएको बढ्दो राजनीतिकरण र राजनीतिक हस्तक्षेप तथा नियुक्तिको विरोधमा निरन्तर आवाज उठाउने साद्गी डा. गोविन्द केसीको स्वास्थ्य स्थिति चिन्ताजनक हुँदासमेत सम्बन्धित पक्षबाट ध्यान नदिनु चिकित्सक तथा चिकित्सा क्षेत्रलाई मर्माहत तुल्याएको बताउनुभएको छ ।
डा. केसीले उठान गरेका आवाजले समस्त देशप्रेमी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको प्रतिनिधित्व गरेको भन्दै उहाँले डा. केसीको सही आवाज सुनुवाई नभए चिकित्सकको आवाज आँधीमा परिणत हुने चेतावनी दिनुभएको छ ।
Discussion about this post