भरतपुर । चितवनमा आजदेखि रेडबुल जिल्ला लिग फुटबल प्रतियोगिता–२०७० सुरु हुने भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा नारायणगढको क्याम्पाचौरमा प्रतियोगिता सुरु हुन लागेको हो ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको फुटबल संघका सचिव नारायण ढकालले जानकारी दिनुभयो । माघ १३ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका १२ टिमले सहभागिता जनाउदै छन् । उद्घाटन खेलमा नारायणी फुटबल क्लव लिलाचोक र भरतपुर फुटबल क्लवबीच प्रतिस्पर्धा हुनेछ ।
Discussion about this post