भरतपुर । चितवनमा पहिलोपटक थारु जातिको महान् चाड माघीको अवसरमा आयोजित ‘खिचरा महोत्वस’ बिहीबार सकिएको छ । खैरहनी–५ सुल्तानाचौरमा दुई दिनसम्म चलेको महोत्सव थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ को आयोजनामा भएको हो । महोत्सवमा थारु जातिको खानाका परिकारसहित विभिन्न स्टलहरु रहेका थिए ।
महोत्सवमा चिचर, माछा, घोङ्गी, ग्वागाजस्ता परिकार राखिएका थिए । महोत्सवमा सांस्कृतिक कार्यक्रमअन्तर्गत झाम्टा नृत्य, डम्फु नाँच, लाठी नाँच, झुमरी नाँच, रजधारी नाँचजस्ता सांस्कृतिक प्रस्तुति गरिएका थिए । महोत्सवमा चर्चित लोकगायक मिलन लामा, मनोज महतो, हास्य कलाकर कमल मैनालीले आफ्नो प्रस्तुति देखाएका थिए ।
थारु कल्याणकारिणी सभाकी केन्द्रीय सदस्य चन्द्रकुमारी चौधरीको प्रमुख आतिथ्यता एवम् महोत्सव आयोजक मुल समितिका संयोजक एवं क्षेत्रीय अध्यक्ष नारायण महतोको अध्यक्षतामा भएको थियो ।
Discussion about this post