ADVERTISEMENT
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

राष्ट्रिय भूकम्प सुरक्षा दिवस: नेपालमा भूकम्प आउनुका कारणहरु

by चितवन पोष्ट
२०७० माघ २, बिहीबार ०३:३० गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

-ध्रुवराज अधिकारी
प्रत्येक वर्षको माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने गरिन्छ । वि.सं. १९९० को विनाशकारी महाभूकम्पको संस्मरण गर्दै तत्कालीन सरकारले वि.सं. २०५५ साल माघ २ गतेदेखि सोही दिनलाई वार्षिक रुपमा राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन सुरू गरेको हो ।
यस वर्षको १६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको नारा ‘नसोधी नबोली आउँछ भूकम्पीय विपदा, जागौँ जुटौँ बचाउन सृष्टिको सम्पदा’ भन्ने रहेको छ । यही वाक्यांशबाट पनि थाहा पाउन सकिन्छ कि भूकम्प आउने कुराको पत्तो कसैलाई हुँदैन र भूकम्पबाट प्राकृतिक तथा मानव निर्मित दुवै खाले सम्पदाको विनाश हुन्छ । भूकम्प कहाँ, कहिले र कति परिणामको जान्छ भन्ने ज्ञान कसैसँग पनि हुँदैन, केवल भूकम्पविद्हरुले यसको दीर्घकालीन भविष्यवाणी मात्र गर्न सक्छन् । यही दीर्घकालीन भविष्यवाणी र विभिन्न अध्ययनहरुको प्रतिवेदनलाई आधार मान्ने हो भने नेपाल विश्वका १९८ मुलुकमध्ये भूकम्पीय जोखिमका हिसाबले ११औँ जोखिमपूर्ण स्थानमा रहेको छ । अझ काठमाडौँ उपत्यकाको कुरा गर्ने हो भने त संसारकै पहिलो जोखिमपूर्ण सहर नै काठमाडौँ सहर हो, जुन दिनहुँ भूकम्प गइरहने जापानको कोबे सहरभन्दा करिब २०० गुणाले बढी जोखिमपूर्ण मानिन्छ ।
पृथ्वीका प्लेट (भौगर्भिक भूखण्ड) धस्ने क्रममा दुई प्लेटका चट्टानहरुबीचको घर्षणबाट दबाब उत्पन्न हुन्छ । दबाब बढ्दै जाँदा कमजोर चट्टानले उक्त दबाब थेग्न नसकेपछि विस्फोट हुन्छ । यही कारणबाट पृथ्वीको सबैभन्दा माथिल्लो भागमा हुन जाने कम्पन नै भूकम्प हो । नेपालको भूकम्पीय इतिहासको अध्ययन गर्दा प्रत्येक ७५ देखि १०० वर्षमा एक महाभूकम्प र प्रत्येक ५० वर्षमा मध्यम खालको भूकम्प गएको पाइन्छ । त्यसैले, १९९० सालको महाभूकम्पलाई आधार मानेर हेर्दा नेपालमा २०९० सालसम्ममा जुनसुकै बेला महाभूकम्प जान सक्ने सम्भावना देखिन्छ ।
नेपालको सन्दर्भमा हालसम्मको सबैभन्दा विनाशकारी बनेको प्रकोपको घटना १९९० साल माघ २ गतेको महाभूकम्पलाई लिइन्छ । ८.४ रेक्टर स्केलको सो भूकम्पमा परी नेपालमा मात्र ८ हजार ५ सय १९ जनाको ज्यान गएको थियो भने घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ४ हजार ७ सय ४० भौतिक संरचना भत्किएको अभिलेख छ ।
नेपालमा बारम्बार भूकम्प गइरहने हुनाले हामी सबैले सहज अनुमान लगाउन सक्छौँ, नेपाल भूकम्पीय जोखिममा रहेको देश हो । नेपाल भूकम्पीय जोखिममा पर्नुको मुख्य कारणमध्ये पहिलो कारण मानव निर्मित भौतिक संरचना र दोस्रो नेपालको भौगर्भिक अवस्थालाई मान्न सकिन्छ । हिन्दकुश हिमालय शृंखलाको कुल ४ हजार ४ सय ३६ किलोमिटरमध्येको ३ हजार ५ सय किलोमिटर अत्यन्त संवेदनशील भूकम्पीय क्षेत्र मानिन्छ । त्यसमध्ये पनि नेपालमा पर्ने ८ सय किलोमिटर शृंखलाकै मध्यभागमा पर्ने भएको हुनाले पनि नेपाल उच्च भूकम्पीय जोखिममा रहेको मानिन्छ ।
हाम्रो देश नेपाल भारतीय प्लेट र तिब्बतीयन प्लेटको जोर्नीमा अवस्थित छ । पूर्वको अफगानिस्तानदेखि पश्चिमको बर्मासम्म फैलिएको हिन्दकुश हिमालय शृंखलाको गर्भमा भारतीय भूखण्ड एउटा प्लेटमाथि बसेको छ भने तिब्बतीयन भूखण्ड अर्को प्लेटमाथि उभिएको छ । यी दुई प्लेटहरु एकापसमा थसिइरहेका छन् । दक्षिणतिरको भारतीय प्लेट वार्षिक एक इन्चका दरले उत्तरतिरको प्लेटभित्र धसिँदै गैरहेको छ । धसाइको यही प्रक्रियाका कारण नै हिन्दकुश हिमालय शृंखला भूकम्पीय जोखिममा रहेको भूकम्पविद्हरुको भनाइ छ । भूकम्पविद्हरुका अनुसार भारतीय प्लेट तिब्बतीयन प्लेटमा घुस्ने यही प्रक्रियाका क्रममा महाभूकम्प जान सक्ने दबाब सञ्चित भइसकेको छ तर कहिले र कहाँ भूकम्प जान्छ, यकिन गर्न भने सकिँदैन । नेपालको राजधानीलगायत अन्य सहरहरुको जमिनको सतह चट्टानरहित भू–बनावटबाट बनेको कारण पनि भूकम्पीय जोखिम बढेको हो ।
यी त भए, भौगर्भिक अवस्थाका कारणले हाम्रो देश भूकम्पीय जोखिममा पर्नुका कारणहरु, यसबाहेकका मानव निर्मित कारणहरु पनि धेरै छन् । अव्यवस्थित सहरीकरणको कारणले पनि भूकम्पीय जोखिमको मात्रा बढाउँदै गैरहेको छ । निर्माण आचारसंहिताविपरीत निर्माण गरिएका अधिकांश भवन, हाउजिङका अग्लाअग्ला भवन, साँघुरा र अव्यवस्थित सडक, सहरी क्षेत्रमा खुला जमिनको अभाव आदि कारणले गर्दा नेपालका अधिकांश सहरहरुमा भूकम्पीय जोखिम बढ्दै गैरहेको छ । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले दुई वर्ष लगाएर गरेको अध्ययनका अनुसार नेपालको भूखण्डमुनि दबाबका कारण ९२ वटा चिरा (फल्ट) हरु रहेका छन् । ती चिराहरु नै भूकम्पका सम्भावित केन्द्रबिन्दु हुन् । चट्टानले दबाब थेग्न नसकी चिरा परेका हुन्, अब अझै दबाब बढ्दै जाँदा ती चिराहरु कुनै समयमा विस्फोट हुन्छन्, त्यो विस्फोट नै भूकम्प हो । तर, अब ती चिराहरुले दबाब थेग्न नसकी विस्फोट हुने अवस्था कहिले आउँछ, त्यो भने भन्न नसकिने कुरा हो ।
भूकम्प जाने कारण संसारका हरेक ठाउँमा उस्तै हुन्छ, तर भूकम्पपछिको क्षति भने कहीँ बढी र कहीँ कमी हुन्छ । भूकम्पपछिको क्षति बढी र कमी हुनुको मुख्य कारण भनेको नै मानव निर्मित संरचना हो । निर्माणमा प्रयोग गरिएको सामग्री, त्यसमा प्रयोग गरिएको जनशक्ति, तिनको कार्यक्षमता र दक्षता, सम्बन्धित निकायको चासो र सरोकार आदि कारणले भूकम्पीय क्षति कम वा बढी हुने गर्दछ । भौतिक संरचना निर्माण गर्दा केही कुराहरुमा ध्यान दिन सकेको खण्डमा हामीले भूकम्पीय क्षति कम गर्न सकिन्छ । घर बनाउनुभन्दा अगाडि इन्जिनियरसँग सल्लाह गरेर मात्र घर बनाउनुपर्दछ, जसले गर्दा घर भूकम्प प्रतिरोधी बनाउन सकिन्छ । नेपालका अधिकांश सरकारी र संस्थानका भवनहरु पुराना र जीर्ण अवस्थाका छन् । त्यस्ता सार्वजनिक भवनहरुको आवधिक मूल्यांकन गर्ने र ती भवनहरुको बाहिरपट्टि सबैले देख्ने ठाउँमा निर्माण गरिएको मिति, थेग्न सक्ने भार, हालको भौतिक अवस्था र विपदको समयमा अपनाउनु पर्ने सतर्कताका बारेमा सबैले बुभ्mने भाषामा लेखेर टाँस्ने गरिएमा भूकम्पीय जोखिमबाट हुने क्षति कम गर्न सकिन्छ । जीर्ण र आयु पुगेका घर, सार्वजनिक भवन, बाँध, सडक, पुल आदि संरचनाहरु हटाएर नयाँ बनाउनुपर्दछ । निर्माण कार्यमा अनुमति र स्वीकृति दिने निकायका व्यक्तिको भ्रष्ट मानसिकताका कारण पनि धेरै भवनहरु भूकम्पीय जोखिममा परिरहेका छन् । त्यसैले, मापदण्डविपरीत अनुमति प्रदान गर्ने वा नक्सा पास गर्ने व्यक्तिलाई कार्बाही गर्नुपर्दछ । यदि यसो हुन सकेमा केही हदसम्म भए पनि भूकम्पीय क्षति न्यून गर्न सकिन्छ ।
हाम्रो देशमा भूकम्प सम्बन्धी जनचेतनाको कमी छ । हामीले आप्mनै ज्यान जोखिममा पारेर बसिरहेको समेत थाहा पाइरहेका छैनौँ । उच्चपदस्थ व्यक्ति हुन् वा सर्वसाधारण, कार्यालयमा होस् वा घरमा, हामी प्रायः भूकम्पीय जोखिमबाट मुक्त छैनौँ तर पनि हामी कति जोखिममा छौँ भन्ने हामी कसैलाई पत्तोसमेत छैन । विगत लामो समयदेखि नेपालका प्रत्येक जनता भूकम्पीय जोखिमबाट गुज्रिरहेका छन् । भूकम्प आउँदा टेबल वा खाटमुनि लुक्नुपर्छ भनेर सिकाएकै भरमा भूकम्पीय जोखिम टर्ने होइन, कुरा त त्यो खाट वा टेबल रहेको स्थान भूकम्पीय जोखिमबाट कति सुरक्षित छ भन्ने हो ।
र अन्त्यमा,
भूकम्प एक अकाट्य प्राकृतिक प्रकोप हो, जसको पूर्वअनुमान वा यकिन केही छैन ।  भूकम्प कुन बेला कहाँ आउँछ, कसैलाई पत्तो हुँदैन । भूकम्पको परिणामलाई कम वा बढी गर्न सकिँदैन, यद्यपि यसबाट हुने क्षतिलाई भने अवश्य पनि कम गर्न सकिन्छ । यसका लागि संरचना बनाउँदा ध्यान दिनुका साथै जनतामा भूकम्पीय चेतना फैलाउन आवश्यक छ ।

Related Posts

नकारात्मकतातिर उन्मुख सामाजिक सञ्जाल

नकारात्मकतातिर उन्मुख सामाजिक सञ्जाल

कोरोना डायरी : हात नमिलाउने घोषणा र लाखौँ मास्क वितरण

कोरोना डायरी : हात नमिलाउने घोषणा र लाखौँ मास्क वितरण

सत्तरी वर्षसम्म राजनीतिक अस्थिरता

सत्तरी वर्षसम्म राजनीतिक अस्थिरता

Discussion about this post

अन‌ि यो पनि

बस दुर्घटनामा दुई जनाको मृत्यु, १९ जना घाइते
समाज

कावासोतीमा मोटरसाइकल दुर्घटना, दुई जनाको निधन

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती ८ खर्कटा जंगलमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको निधन भएको छ । नवलपुर प्रहरीका अनुसार...

Read more
राम्रो बानी’ : सन्देशमूलक कृति (कृति समीक्षा)

राम्रो बानी’ : सन्देशमूलक कृति (कृति समीक्षा)

Chitwan Post

नवलपुर ग्रील तथा स्टील व्यवसायी संघको पदस्थापना

Chitwan Post

राप्रपाका अगुवा कार्यकर्ता भेला नवलपुरमा

दुई हप्ताभित्र चितवनमा कोरोनाविरूद्ध खोप !

खैरहनीमा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In